बिबिधशिक्षा-स्वास्थ्यसमाचार

बेलबारीमा नयाँ अवधारणा सहितको ‘मिट–मार्ट’

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

मंसिर ६
मोरङको बेलबारीमा नयाँ र आधुनिक अवधारणाका साथ ‘मिट–मार्ट’ मासु विक्री केन्द्र सञ्चालनमा आएको छ । उपभोक्तालाई सफा र स्वास्थ्यकर मासु विक्री गर्ने उद्देश्य सहित उच्च प्रविधिको प्रयोगमा आधारित ‘मिट–मार्ट’ खुलेको हो । बेलबारी ३ स्थित पश्चिम बसस्टेण्ड दक्षिणतर्फ सञ्चालनमा रहेको ‘मिट–मार्ट’ ले धेरैको ध्यान खिचेको छ । नविन सोच,प्रविधी र शैलीका साथ बेलबारी र आसपासका क्षेत्रमै पहिलो ‘मिट–मार्ट’ खोलिएको सञ्चालक बेलबारी ४ का मिलन गुरुङले जानकारी दिनुभयो । वैदेशिक रोजगारका लागि कतारमा रहँदा फुड सेन्टरमा काम गरेको ६ वर्षको अनुभव, त्यसपछि नेपालमै ७ वर्ष भन्दा वढि समय कुखुरापालन व्यवसाय गर्दाको अनुभव पश्चात ‘मिट–मार्ट’ सूरु गरेको गूरुङको भनाई छ । गएको मंसिर १ गतेबाट यो सञ्चालनमा आएको हो ।


मासुका सबै खालका परिकारहरु आधुनिक तरिकाले शुद्धता र पौष्टिकता सुरक्षित रहने गरी फ्रोजन, र्यापिङ तथा प्याकिङ गरी उपभोक्ताको हातमा पुर्याइने गरेको सञ्चालक गुरुङ बताउनुहुन्छ । यसरी प्याकिङ गरिएको मासुमा ताजापन सुरक्षित रहने तथा हानीकारक व्याक्टेरियाहरु पनि नरहने गूरुङको दावी छ । ‘मिट–मार्ट’ मा खसी तथा कुखुराको मासुका विभिन्न परिकारहरु बोनलेस,स्किनलेस,होल चिकेन,विङ्स, बोनलेस फिस लगायत, नेपाली मौलिक परिकार लोकल कुखुराको तिते तथा खसीको भुटन लगायत पाइने सञ्चालकले जानकारी दिएका छन् । उपभोक्ताले चाहेअनुसारका मासुसँग सम्बन्धित सबै परिकारहरु एकै ठाउँबाट पाइने विक्रीकेन्द्रको अवधारणा रहेकाले यसले सबैको अपेक्षा पुरा गर्नसक्ने ग्राहकहरु पनि बताउँछन् ।
गुरुङ आफैले सञ्चालन गरेको ४ हजार ५ सय कुखुरा पाल्न सक्ने क्षमता भएको एकता कृषि फारमका उत्पादन साथै अन्य फर्महरुका उत्पादनहरु ल्याएर माग पुरा गर्ने उनको भनाई छ। ‘मिट–मार्ट’ लाई अझै व्यवस्थित गर्ने क्रममा रहेको र अहिले सम्म ३० लाख रुपैयाँ भन्दा धेरै खर्च भएको गुरुङले जानकारी दिनुभएको छ ।

Facebook Comments
Show More

Related Articles