nirantarkhabarमनोरञ्जनसमाचारसमाज

मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु – नवमोडल आयुष्मा

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

काभ्रे बनेपाकी नवमोडल आयुष्मा ढकाल भविष्यमा एक कुशल चर्चित मोडल तथा नायिका बन्ने सोच लिएर मोडलिङ क्षेत्र प्रवेश गरेकी छिन् । सानै उमेरदेखि अभिनयमा रुचि राख्ने ढकाल मोडलिङ क्षेत्रमा भविष्य बनाउने सोचमा साथ लागिपरेकी छन् ।

मोडलिङ क्षेत्र आफैमा एउटा राम्रो र सम्भावना बोकेको क्षेत्र हो, जहाँबाट एउटा कलाकारले राम्रो अवसर पाउने माध्यम हो, अभिनय र नृत्य बिधामा राम्रा सम्भावना बोकेका कलाकारहरुले यसैको माध्यमबाट विभिन्न अवसरहरु पनि पाइरहेको हुन्छन भने देश विदेशको यात्रा गर्दै संसारमा चर्चित हुने अवसर पनि जुटाइरहेका हुन्छन् ।

पछिल्लो समयमा नयाँ पुस्ताका युवा युवतीहरु पनि यसै क्षेत्रमा धेरै आइरहेको पाइन्छ । धेरै सफल पनि भैरहेका छ्न् भने कोही क्षणिक अबधि पछि यो क्षेत्रबाट हराईरहेका छन् । तर मोडलिङ क्षेत्रमा भविष्य बनाउने सोचमा साथ आयुष्मा लागिपरेकी छन् ।
६ महिनाअघि मात्र मोडलिङ क्षेत्रमा प्रबेश गरेकी आयुष्माले छोटो समयमै दुई वटा म्युजिक भिडियो, एउटा टेलीश्रृखला र एउटा मधुमालती नामक नेपाली कथानक चलचित्रमा अभिनय गरिसकेकी छन् ।

कक्षा १२ अध्ययन गर्दै गरेकी नवमोडल आयुष्मा भन्छिन् – म्युजिक भिडियो र चलचित्रमा अफर त धेरै नै आउँछन् तर अब १२ को अध्ययन सकेर मात्र यस क्षेत्रमा लागिपर्नेछु । स्कुल र क्याम्पसमा शिक्षक र साथीहरुको प्ररेणाबाट नै मोडलिङमा लागेकी आयुष्मालाई घरपरिवार बाट पनि निकै नै सहयोग रहेको सुनाईन् ।

नेपाली चलचित्रमा अभिनय गर्न रुची राख्ने आयुष्माले चलचित्रमा अफर आएमा स्क्रीप हेरेर सोचेर निर्णय लिने सुनाईन् । वास्तवमा कलाकारिमा एउटा रहर मात्र नभएर जहाँ गर्न सके नाम र दाम दुवै कमाउन सकिने भएकाले यसमा लागिपरेको उनले बताइएन् । हेर्दा पनि निकै आकर्षण नवमोडल आयुष्मा हासिरहने शालीन स्वभावकी छिन् ।

नवमोडल आयुष्मा भन्छिन, अब चलचित्र र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यही क्षेत्रमा आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउँछु । मोडलिङलाई भविष्य बनाउने दृढ संकल्प लिएर अघि बढेकी आयुष्मा अहिलेसम्म मायामा नफसेको बताउँछिन् । अहिलेसम्म सेक्सको अनुभव नलिएको बताउँदै आयुष्मा भन्छिन् – श्रीमान् र श्रीमतीबीचको माया नै सेक्स हो । आफु मोडलिङ क्षेत्रमा नयाँ भएकाले साथ सहयोग र सुझाब दिन सबैलाई उनले आग्रह गरेकी छिन् ।

Facebook Comments
Show More

Related Articles