nirantarkhabarबिबिधशिक्षा-स्वास्थ्यसमाचारसमाज

डेल्टा स्कुल आफ्नै भवनमा

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

बेलबारी ।  
मोरङको बेलबारीमा रहेको डेल्टा इङ्लिस स्कुलले आफ्नै भवनमा पठनपाठन सुरु गरेको छ । स्कुलले बेलबारी–४ इमानसिङ चौकमा आफ्नै सुविधा संपन्न भवनमा यहि मंसिर ३ गतेबाट पठनपाठन सुरु गरेको हो । बि.सं २०७२ सालदेखि बेलबारी–१ फुलबारी पेट्रोल पम्प उत्तरमा उक्त स्कुल भाडामा सन्चालनमा रहेको थियो ।

भुकम्प प्रतिरोधात्मक भवन, खेल मैदान, चर्पी, पिउनेपानी, चमेना गृह लागायतको सुविधायुक्त आफ्नै बालमैत्रि भवनमा पठनपाठन यहि सोमबारबाट सुरु गरेको सन्चालक पर्वत राईले जानकारी दिए । स्कुलमा प्ले ग्रुपदेखि कक्षा ६ सम्म झण्डै ३ सय बिद्यार्थी अध्ययनरत रहेको पनि सन्चालक राईले बताए ।

स्कुल व्यबस्थापन समिति अध्यक्ष योगेन्द्र बहादुर गुरुङले नयाँ भवनमा पठनपाठनको सुरुवात रिवन काटेर उद्घाटन गरेका थिए । नयाँ भवन उद्घाटन कार्यक्रममा स्कुलका शेयर सदस्यहरु, शिक्षक, अभिभावक, बिद्यार्थी, लगायत स्थानीय बुद्धिजिबी तथा समाजसेवीको उपस्थिति रहेको थियो ।

अहिले कक्षा ६ सम्म पढाई सन्चालन भइरहेको स्कुलमा प्रत्येक बर्ष थप १ कक्षा बृद्धि गर्दै जाने प्रिन्सिपल सेर बहादुर मगरले जानकारी दिए ।

Facebook Comments
Show More

Related Articles