nirantarkhabarबिबिधसमाचारसमाजसाहित्य

लक्ष्मीमार्गमा एकदिने साहित्य गोष्ठी सिर्जना वाचन कार्यक्रम

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

अनिल बराल, बेलबारी ।
मोरङको बेलबारी नगरपालिका–११, लक्ष्मीमार्गमा एकदिने साहित्य गोष्ठी सिर्जना वाचन कार्यक्रम संपन्न भएको छ । शुनगाभा साहित्य समाज लक्ष्मीमार्गको आयोजनामा सनिबार एकदिने साहित्य गोष्ठी सिर्जना वाचन कार्यक्रम संपन्न भएको हो ।

विभिन्न छिमेकी जिल्लाहरुबाट सहभागि भएका स्रष्टाहरुले कार्यक्रममा विभिन्न विधामा आ–आफ्नो सिर्जनाहरु कविता , गीत, हाईकू, मुक्तक, गजल, लघुकथा आदि वाचन गरेका थिए । वर्तमान देशको राजनितीक अवस्था देखि श्रमिकका ज्याला मजदुरी तथा सम्पन्नता र प्रेम विछोडका मार्मिक मनछुने रचनाहरु समेत कार्यक्रममा वाचन गरिएको थियो ।
समाजका अध्यक्ष धनजीत पराजुलीको अध्यक्षता सन्चालन भएको कार्यक्रमको प्रमुख अतिथिका रुपमा “ बिर्सिएको मृत्यु “ र “लेखक कि श्रीमती “ उपन्यास लेखिका बरिस्ठ साहित्यकार प्रगति राई, विशिष्ट अतिथिमा बेलबारी नगरपालिका उप–मेयर साहित्यकार ढाका कुमारी पराजुली, अतिथीहरुमा बेलबारी साहित्य विकाश समिति अध्यक्ष साहित्यकार रेखा सुवेदी, साहित्यकार धर्म राज राई, कानुन ब्यावसायी कुमार वान्तवा, साहित्यकार बद्री प्रसाद अधिकारी ,स्थानिय शिक्षक ऋषि कुमार नेपाल लगायतको उपस्थिति रहेको थियो ।

लक्ष्मीमार्गमा अवस्थित श्री लक्ष्मी माद्यमिक बिद्यालयको सभाहलमा संपन्न कार्यक्रममा शुनगाभा साहित्य समाजका सदस्य शिव छाङ्छा राईले स्वागत मन्तव्य राखेका थिए ।
प्रमुख अतिथी राइले मन्तब्यका क्रममा शुनगाभा साहित्य समाजले कार्यक्रमको आयोजना गरेर सिङ्गो नेपाली साहित्य क्षेत्र र तमाम स्रष्टाहरुको सम्मानको कदम अघि बढाएकोमा आफूू ज्यादै उत्साहित र अत्यन्तै खुशी भएको बताउदै संस्थाको प्रगतीको कामना समेत गरिन ।

बेलबारी नगर उप–मेयर साहित्यकार पराजुलीले “गिटी कुट्ने मजदुर दाइ” शिर्षकको कविता वाचन संगै मन्तब्यका क्रममा लक्ष्मीमार्ग क्षेत्रका कला, संस्कृति र साहित्यको उत्थानको लागि आफू जहिले पनि शसक्त प्रयासरत रहने बताइन ।

कार्यक्रममा विभिन्न संघ संस्था बाट उपस्थित अथितीहरुले मन्तब्य राख्ने क्रममा नेपाली साहित्यको विकाश कसरी हुन्छ भन्ने बारेमा चिन्ता ब्याक्त गर्दै सकरात्मक सुझावहरु राखेका थिए । कार्यक्रम साहित्य समाजका सचिव हिमांशु रायले संचालन गरेका थिए ।

Facebook Comments
Show More

Related Articles