खेलकुदबिबिधसमाचारसमाज

नगरले ५ वटा प्रतियोगिता आयोजना गर्ने

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

पथरीशनिश्चरे, ३० कात्तिक । मोरङको पथरीशनिश्चरे नगरपालिका मातहतको नगर खेलकुद विकास समितिले चालु आर्थिक वर्षका लागि हाल ५ वटा वडामा ५ वटा खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ ।
समितिका अध्यक्ष मणि सुब्बाको अध्यक्षतामा शुक्रबार बसेको बैठकले मंसिर १४ गते वडा नम्वर ७ मा नगरका विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिताबाट कार्यक्रमको सुरुवात हुने निर्णय गरेको सचिव नैना साम्पाङले जनाउनु भयो ।
त्यसैगरी, पुसमा वडा नम्वर २ मा पुरुष भलिबल, पुसमा वडा नम्वर ४ मा तेक्वान्दो, माघमा वडा नम्वर ६ मा म्याराथन र ८ नम्वरमा फागुनमा महिला भलिवल प्रतियोगिता गरिने निर्णय भएको छ । बाँकी रहेका १, ३, ५, ९ र १० नम्वर वडाका लागि अर्काे बैठकले खेलकुद प्रतियोगिताहरुको निर्णय गर्ने सचिव साम्पाङले उल्लेख गर्नुभयो ।
नगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि नगर खेलकुद विकास समिति खडा गरी चालु आर्थिक वर्षमा ११ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

Facebook Comments
Show More

Related Articles