nirantarkhabarबिबिधसमाचारसमाजसाहित्य

रमितेडाँडामा साहित्य परिक्रमा

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

बेलबारी ।

मोरङको बेलबारीमा रहेको बेलबारी साहित्य विकास समितिले रमितेडाँडामा साहित्य परिक्रमा कार्यक्रम सम्पन्न गरेको छ । हरेक महिना एउटा साहित्य परिक्रमा संपन्न गर्दै आएको साहित्य बिकास समितिले शुक्रबार बेलबारी–२ मा  अवस्थित पर्यटकिय स्थल रमितेडाँडामा तेश्रो सृङ्खला संपन्न गरेको हो ।

रमितेडाँडामै रहेर सहभागि सर्जकहरुले रमितेडाँडाकै बिषयबस्तुमा आधारित भएर सिर्जना तयार गरी आफ्ना रचना वाचन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिका रुपमा बेलबारी वडा नं–२ का वडाअध्यक्ष घनस्याम गौतम तथा अन्य सहभागी २ दर्जन बढि साहित्यकारहरुको सहभागिता रहेको थियो । सहभागि सर्जकहरुले पर्यटकिय स्थल रमितेडाँडाको बिषयमा सिर्जना गरिएका रचनाहरु वाचन गरेका हुन ।

लेखन तथा वाचन क्षमताको बिकासका साथै ऐतिहासिक, साँस्कृतिक, धार्मिक क्षेत्रको प्रचारप्रसार पनि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बेलबारी साहित्य विकास समिति अध्यक्ष रेखा सुवेदीले बताइन । ऐतिहासिक, साँस्कृतिक, धार्मिक क्षेत्रमा गरिने अभियान अब निरन्तर रुपमा प्रत्येक महिनाको १ पटक आयोजना गर्ने सुवेदीले बताइन ।

साहित्य परिक्रमा कार्यक्रम सुरु गरेको बेलबारी साहित्य विकास समितिले यसअघि बेतना सिमसार र धनपालगढिमा समेत कार्यक्रम संपन्न गरिसकेको छ ।

 

Facebook Comments
Show More

Related Articles