समाचार

गुरुकुल पाठशालाको देउसीभैलो

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

कात्तिक २०
बेलबारी स्थित गुरुकुल पाठशालाले तिहारको अवसरमा मंगलवार देउसी भैलो तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । बेलबारी ३ स्थित पाठशालाको प्राङगणमा भएको कार्यक्रममा विद्यार्थीहरुले देउसी भैलो गितका साथै अन्य मनोरञ्जनात्मक प्रस्तुतीहरु दिएका थिए । प्रमुख अतिथी रहनुभएका बेलबारी नगरपालिका शिक्षा शाखाका प्रमुख जिवन गड्तौलाले अब विद्यालयमा कितावी ज्ञानमात्रै हैन मौलिक मुल्य मान्यता र संस्कारहरु पनि सिकाउनुपर्ने बताउनुभयो । गुरुकुलका पिन्सिपल दिपेन्द्र खुलालले कितावी ज्ञानमात्रै हैन संस्कृति र पर्वहरुका बारेमा पनि विद्यार्थीलाई जानकारी दिने उद्देश्यले यस्ता कार्यक्रमहरु गरिएको बताउनुभयो । खुलालले यस अघि पनि असार पन्ध्र र तिजको अवसरमा ती पर्व र अवसरका मौलिकता झल्कने गरी विद्यार्थीलाई सहभागिता गराएर कार्यक्रम गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा हरेक महिना अविभावक प्रदान गरिने महिनाको उत्कृष्ट अविभावक (प्यारेन्टस अफ द मन्थ) पुरस्कारबाट कक्षा ५ मा अध्ययनरत प्रकृति निरौलाका अविभावकहरु मन्जु र राम निरौलालाई पुरस्कृत गरिएको थियो । सोही पुरस्कारबाट कक्षा युकेजीमा अध्ययनरत रेमन बजगाइका अविभावकहरु सिर्जना र रुद्र बजगाईलाई पुरस्कृत गरिएको थियो । गोल्डेन चाइल्ड अवार्डबाट कक्षा ४ का हुकुम राई र नर्सरीका शुसान्त सुवेदीलाई पुस्कृत गरिएको थियो । वेष्ट प्रेसीडेन्ट कक्षा ३ की तेजस्वी सुवेदी र वेष्ट क्लास टिचरका रुपमा सन्जु राईलाई पुरस्कृत गरिएको छ । गुरुकुलका सञ्चालक समिति अध्यक्ष केदार अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा प्रेस युनियन मोरङ एवम् रेडियो वेतनाका अध्यक्ष भोजराज बस्नेत, पत्रकार नरेन्द्र वस्नेत,अविभावक राम निरौला लगायतले बोल्नुभएको थियो । एनप्याव्सन मोरङका अध्यक्ष सुनिलदत्त अधिकारी, अविभावकहरु शेषराज घिमिरे, सन्तोस प्रसाई,जंग गिरी लगायत अतिथिी रहनुभएको थियो । कार्यक्रममा विद्यार्थीहरु आफैले पनि कार्यक्रम सञ्चालन गरेका थिए ।

Facebook Comments
Show More

Related Articles