समाचार

६ जना जुवाडे पक्राउ , २ लाखभन्दा बढीको पटका बरामद

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

कात्तिक २०

रुपन्देहीमा प्रहरीले ६ जना जुवाडेलाई पक्राउ गरेको छ । देवदह २ लखनचोकबाट जुवा खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

प्रहरीले ६४ हजार नगद र आठ वटा मोबाइलसहित उनीहरुलाई पक्राउ गरेको हो ।

यस्तै, पछिल्लो ५ दिनको अवधीमा  २ लाख २७ हजार ५ सय १७ मूल्य बराबरको पटका बरामद भएको छ ।

प्रदेश ५ का प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक पिताम्बर अधिकारीले चाड पर्वका बेला हुने अवान्छित गतिविधि रोक्ने अभियान अन्तर्गत पटका बरामद गरी नष्ट गरिएको जानकारी दिनुभयो ।

Facebook Comments
Show More

Related Articles