बिबिधसमाचारसमाज

बेलबारीमा अपाङगता भएका महिलाहरुको प्रजनन स्वास्थ्य अधिकार बिषयक तालिम सम्पन्न

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

अनिल बराल, बेलबारी ।
कार्तिक–१९ । मोरङको बेलबारीमा अपाङगता भएका महिलाहरुको प्रजनन स्वास्थ्य अधिकार बिषयक दुई दिवसीय तालिम संपन्न भएको छ । आइतबार र सोमबार पुर्वका ६ जिल्लाका २५ जना अपाङगता भएका महिलाहरुलाई प्रजनन स्वास्थ्य बिषयमा अधिवक्ता सन्जु कुमारी शाहले प्रशिक्षण दिएकी हुन ।

बेलबारीमा ३ मा रहेको मोरङ नेत्रहिन संघको भवनमा सन्चालन भएको उक्त तालिम मोरङ नेत्रहिन संघ, म्युसा मोबिलिटी ईन्टरनेशनल युएसए, च्यानल फाउण्डेशन र एक्सन अडार्डले संयुक्त रुपमा आयोजना गरेको थियो । अपाङ्गता भएका महिलाहरुको प्रजनन स्वास्थ्य अधिकारका बारेमा तालिमको आयोजना गरिएको कार्यक्रममा इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा र उदयपुरबाट २५ जना अपाङ्गता भएका महिलाहरुको सहभागिता रहेको मोरङ नेत्रहिन संघ अध्यक्ष साबित्रा कोईरालाले जानकारी दिईन ।
तालिममा सहभागि अपाङ्ग महिलाहरुले बिभिन्न यातनाहरुबाट बच्ने उपायहरुका बारेमा बुझेको बताएका छन । तालिममा सहभागि मोरङको टाँडि घर भएकी श्रवण दृष्टिबिहिन कृष्णमाया अधिकारीले दोभाषे सन्तोषि घिमिरेमार्फत अपाङ्गता भएका महिलामाथि हुने हिंसा सम्बन्धि बच्ने उपाय तथा अधिकारका बारेमा बुझेको बताइन ।

तालिममा सहभागी धनकुटाकी पवित्रा राईले अपाङ्गताको प्रजनन स्वास्थ्य लगायतका बारेमा आफुले बुझेको बताइन ।

अपाङगता भएका महिलाहरुलाई उनिहरुको स्वास्थ्य, प्रजनन अधिकार तथा यौन स्वास्थ्यको बारेमा ज्ञान दिनुपर्ने आवस्यक महसुस भएकोले कार्यक्रमको आयोजना गरिएको आयोजककी प्रतिक्षा चापागाईले बताइन । यसअघि आइतबार उद्घाटन कार्यक्रममा तिहार, छठपर्ब र नेपाल संवत ११३९ को अबसरमा चियापान कार्यक्रम समेत सम्पन्न भएको थियो ।

Facebook Comments
Show More

Related Articles