समाचार

प्रेस युनियन सुनसरीको अध्यक्षमा पुरी र अधिकारी

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

पत्रकारहरूको एउटा सङ्गठन प्रेस युनियन सुनसरी शाखाको नेतृत्व आलोपालो प्रणालीमार्फत हुने भएको छ । ४ वर्षे पुर्ण कार्यकाललाई खण्डित गर्दै पहिलो वर्ष अध्यक्षको जिम्मेवारी धनबहादुर पुरीेले सम्हाल्ने भएका छन् । त्यस्तै बाँकी ३ वर्षको नेतृत्व पवन अधिकारीले सम्हाल्ने भएका छन् ।
अध्यक्षमा आलोपालो भनिए पनि अन्य पदाधिकारी पदको जिम्मेवारी अवधी भने खण्डित गरिएको छैन् युनियनको आठौँ जिल्ला अधिवेशनले उपाध्यक्षमा सञ्जीव वाग्ले र रञ्जना पौडेललाई चयन गरेको छ । सचिवमा निशान चौधरी चयन भएका छन् भने सहसचिवमा सुप्रिया राई र उषाकिरण घिमिरे चयन भएका छन् ।

त्यस्तै, कोषाध्यक्षमा मिकाइल आलम चयन भएका छन् । सदस्यमा विवेक रेग्मी, जीवन फुयँल, सम्राट थापा, जितेन्द्र शाह, नवीन पाण्डे र वीरेन्द्र शाह चयन भएका छन् । महिला सदस्यमा कृष्णकला राई, सुस्मिता राई, सपना राई र श्वेता शर्मा चयन भएका छन् । अल्पसङ्ख्यक कोटाको सदस्यमा निश्चल शर्मा चयन भएको युनियनले जनाएको छ ।

Facebook Comments
Show More

Related Articles