nirantarkhabarसमाचार

देवीथान सामुदायिक वनको भवन उद्घाटन

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

कात्तिक १७
बेलबारी ४ स्थित देवीथान सामुदायिक बन उपभोक्ता समुहको नव निर्मित भवनको उद्घाटन गरिएको छ । करिव ३० लाख रुपैयाँको लगानीमा प्रगति चौक स्थित पुर्वपश्चिम राजमार्ग उत्तरतर्फ निर्माण सम्पन्न भएको सो भवनको प्रदेश सांसद राजकुमार ओझाले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथिमा समुहका सल्लाहकार एवम् बेलबारी ४ का वडाध्यक्ष रामकुमार किराती, सामुदायिक बन उपभोक्ता महासंघ मोरङका उपाध्यक्ष रामकृष्ण राइ,छिमेकी सामुदायिक वनका अध्यक्षहरु,समुहका पुर्व अध्यक्षहरु,सेक्टर वन बेलबारीका प्रमुख सत्रुघन लालदेव सहित उपभोक्ताहरुको सहभागिता रहेको थियो । सोही कार्यक्रम विपन्न लक्षित कार्यक्रम अन्तर्गत उपभोक्ताहरुलाई जस्तापाता र चौपाया वितरण गरिएको थियो । विपन्न वर्गका ३५ घर परिवारलाई डेढ बन्डलको दरले जस्ता वितरण गरिएको थियो । यस्तै १४ घर परिवारलाई वाछी, एक परिवारलाई वंगुर र १ परिवारका लागि शौचालय निर्माण गरिदिएको समुहका अध्यक्ष नारायण सुनुवारले जानकारी दिभुभयो । विपन्न लक्षित कार्यक्रम अन्तर्गत सबै शिर्षकहरु सहित जम्मा ६ लाख १३ हजार ३ सय ५१ रुपैयाँ खर्च भएको समुहकी सचिव रिता भण्डारीले जानकारी दिनुभयो ।

Facebook Comments
Show More

Related Articles