nirantarkhabarखेलकुदसमाचार

दौडियो बेलबारी……..

मिनि म्याराथन

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

 

कात्तिक १७
स्वस्थ रहन कसरत आवश्यक छ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले बेलवारी स्थित नवसोच युवा समुहले मिनि म्याराथन आयोजना गरेको छ । अब दौडन्छ बेलबारी भन्ने नाराका का साथ आयोजना भएको मिनि म्याराथन उद्घाटन कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादव सहित प्रदेश सांसदहरु समेत सहभागी हुनुहुन्थ्यो । शारिरिक श्रम र पर्याप्त कसरतको कमी तथा गुणस्तरहिन अस्वस्थकर खानपानले गर्दा मानिसको स्वास्थ्य विग्रँदो अवस्थामा रहेकाले अल्छिपना त्यागौ र स्फुर्त भएर शारिरिक श्रम वा व्यायाम गर्ने बानी बसालौ भन्ने सन्देश छर्नु कार्यक्रमको उद्देश्य रहेको आयोजकले जनाएको छ । म्याराथनमा ९३ जना पूरुष र १४ जना महिला सहभागी भएका थिए । मालपोत लाइनबाट सूरु भएर करमडाँडा,सम्झना चौक,दोघरे, धरहराचौक,इमानसिंङ चौक, मिर्मिरे चौक,करमडाँडा हुँदै पुनः मालपोत लाइन नै आउनुपर्ने आउनुपर्ने रुट तय गरिएको थियो । सो दुरी ९ किलोमिटर रहने आयोजकले जनाएको थियो । प्रतियोगितामा महिलातर्फ संगिता तामाङ प्रथम,भिममाया राई दोस्रो र दुर्गा तामाङ तेस्रो हुनुभयो । संगिताले ५६ मिनेट २५ सेकेण्ड मा सो दुरी पार गर्नुभएको थियो । भिममायाले ५९ मिनेट ४९ सेकेण्ड र दुर्गाले १ घन्टा ४ मिनेटमा निर्धारित दुरी पार गर्नुभएको थियो । यस्तै पुरुषतर्फ याङदेव राई प्रथम,हर्क लुवागुन दोस्रो र सपन राई तेस्रो हुनुभयो । याङदेवले ३४ मिनेट २ सेकेण्ड,हर्कले ३४ मिनेट ४२ सेकेण्ड र सपनले ३्र७ मिनेट ३ सेकेण्डमा सो दुरी पार गर्नुभएको थियो ।
दौड सूरु हुनुभन्दा अघि बेलबारी ३ स्थित मालपोत कार्यालय अगाडी आयोजकले सामान्य स्वास्थ्य परिक्षणका लागि डेस्क राखेको थियो । बेलबारी स्थित स्वास्थ्य चौकीका स्वास्थ्य कर्मीहरुको टोलीले जाँच गरेपछि प्रतियोगीहरुले नाम दर्ता गराएका थिए । दर्ता पछि प्रतियोगी नम्बर सहितको

स्टिकर सहभागीलाई प्रदान गरिएको थियो । दौडका बेलामा समस्या परेमा उद्दारका लागि बेलबारी वहुउद्देश्यिय सहकारी संस्थाको एम्वुलेन्स सँगै रहेको थियो । दौडका क्रममा २ जना महिला सहभागीलाई केही असहज भएको थियो । उनीहरुलाई बेलबारीकै नोवेल अस्पतालमा उपचार गरिएको थियो ।
म्याराथन दौड हुनुभन्दा अघि औपचारिक उद्घाटन कार्यक्रम गरिएको थियो ।

तिनै तहका सरकार मिलेर देश विकास गर्नुपर्छ: स्वास्थ्य राज्यमन्त्री  यादव

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डाक्टर सुरेन्द्रकुमार यादवले मुलुक विकासका लागि तिनै तहका सरकारले मिलेर काम गर्नुपर्ने बताउनुभएको छ । राज्यमन्त्री यादवले अब देश विकास गर्ने बेला आएको बताउनुभएको हो । चुनावको बेला फरक फरक ढंगले चुनाव लडेको भएपनि अब देश बनाउने विषयमा सबैले सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको हो । मुलुक संघियतामा गएसँगै अधिकारहरुको पनि बाँडफाड भएकोले तिनै तहले आपसमा सहकार्य गरेमा विकास सम्भव भएको राज्यमन्त्री यादवको भनाई छ । मुलुकको विकास गर्नुछ भने स्वास्थ्य र शिक्षा क्षेत्रमा पर्याप्त लगानी गर्नु जरुरी भएको पनि यादवले बताउनुभएको छ । मिनिम्याराथन उद्घाटन कार्यक्रममा प्रदेश सांसदहरु राजकुमार ओझा,सुयर्माराज राई र जयराम यादवले स्थास्थ्य चेत जगाउने अभिप्रायले नवसोचले गरेको कार्यक्रम उदाहरणिय भएको बताउनुभएको छ । युवाहरुहरुको सिर्जनात्मक अभियानमा सबैको साथ रहने उहाँहरुको भनाई थियो । बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीले नवसोच युवा समुहले जस्तै सबै संघसंस्थाहरु हातेमालो गरेर बेलबारीको समृद्धिका लागि लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा बेलबारी नगरपालिकाका विभिन्न वडाका अध्यक्षहरु,संघसंस्थाका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।

Facebook Comments
Show More

Related Articles