साहित्य

युवा कवि आयुष बुढाथोकी कबिता मार्फत बिरेन्द्र मा.बि लाई सम्झिदै

अझै प्रस्न गर्छ यो समाज, के गर्यो बिरेन्द्र मा.बि ले...

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

हरेक मानिसका आफ्नो आफ्नै प्रतिभाहरु हुन्छन । कसैले आफ्नो प्रतिभालाई बाहिर प्रष्फुटन गर्छन त् कसैले आफु भित्रै सिमित राख्छन । पछिल्लो समय आफुमा भएको अन्तर्निहित प्रतिभालाई विभिन्न सामाजिक संजाल मार्फत धेरैले सार्बजनिक गरिरहेको छन् ।यस्तै नेपाली साहित्य लेखनमा पछिल्लो समय निकै सक्रिय नबोदित युवा कबि हुन् आयुष बुढाथोकी

पुर्बी नेपालको भोजपुर जिल्लास्थित सल्पासिलिछो १, कुलूङमा पिता मदन बुढाथोकी र माता लक्ष्मी बुढाथोकीको कोखबाट जन्मिएका उनि साहित्य क्षेत्रमा निकै नै अब्बल देखिन्छन् । उनले २०७२ सालमा एउटा “रुमलिएको मन” गजल संग्रह समेत प्रकाशन गरिसकेका छन् । अहिले आएर उनी आफूले अध्यन गरेको बिधालयलाइ कबिता मार्फत यसरि सम्झन्छन् । जुन कविताले करिब ३ महिना पहिले जिल्ला स्तरीय कबिता प्रतियोगितामा पहिलो स्थान हासिल गरेको थियो ।
जुन कबिता यस्तो छ ।

“सम्झनामा बिरेन्द्र मा.बि”
अझै प्रस्न गर्छ यो समाज, के गर्यो बिरेन्द्र मा.बि ले ?
तोते तोते बोली गर्दै बिस्तारै स्कुल आउने बालक,
थिएन कुनै ज्ञान बेकार अर्काको नाम गाउने बालक
हो त्यही दिनबाट गुरुका संघर्सी हात अघि बढे,
कति तुच्छ बात प्रहार भए,
कत्ती गुरुका कांधमा चढे
तर कहिलै उहाँहरुबाट घृणा भएन।
अझै भन्छ समाज के गर्यो बिरेन्द्र मा.बि ले ??

अक्षर अक्षर गरि हरेक वाक्यहरु निर्माण गर्न सिकायो,
यहि ठाउँका कुलुङ्ग बासिहरुलाई दुनियाँ सामु टिकायो
के गरेन बिरेन्द्र मा.बि ले??

हरेक मुर्खलाई मानव बनाएर छाड्यो,
कुरा १८ सालको,
तिमीलाई नै साक्षर बनाउन दुनियाँ सङ ऋण काड्यो,
त्यही दिनबाट तिमी मानव बनेका छौ।
तर पनि भन्छ समाज के गर्यो बिरेन्द्र मा बि ले??

न केहिको अभाव थियो,न कसैको एकल प्रभाव
पढनै पर्छ ठूलो मान्छे हुन त्यसकै हुन्थ्यो दबाब
के गरेन बिरेन्द्र मा.बि ले??

दिनभरी घरकी आमा सम्झी तिमी रुंदा हसाउने,
माया ममता स्नेह र प्रेमको जालोमा फसाउने
हरेक अन्धकारलाई संघर्स गरि उज्यालो पार्ने
बिरेन्द्र परिवार अनि त्यो समुदाय।
तर पनि भन्छ यो समाज,के गर्यो बिरेन्द्र मा.बि ले??

एउटा होनहार ब्यक्ति कलम चलाइरहेछ,
गल्ली गल्ली शान्ती खोजिरहेछ
रमाउदै छ, नाम कमाउदै छ राख्दै छ,

सम्झनामा बिरेन्द्र मा.बि परिवार।

Facebook Comments
Show More

Related Articles