nirantarkhabarबिबिधशिक्षा-स्वास्थ्यसमाचारसमाज

सुकुना बहुमुखी क्याम्पसमा बिबिए पढाई हुने

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

अनिल बराल, बिराटचौक ।
कार्तिक १६ । मोरङको सुन्दरहरैंचा १२ स्थित विराटचोकमा रहेको सुकुना बहुमुखी क्याम्पसले बिबिए को पढाइ सन्चालन गर्ने भएको छ । क्याम्पसले यहि शैक्षिक बर्षदेखि बिबिएको पढाई सन्चालन गर्न लागेको हो ।

सो क्याम्पमा सस्नातक तहमा मानविकी, शिक्षा, व्यवस्थापन र विज्ञान संकाय त्यस्तै स्नातकोत्तर तहमा शिक्षा संकायको नेपाली, अंग्रेजी, गणित, स्वास्थ्य, जनसंख्या, इपीएम र पाठ्यक्रम विषय र ब्यबस्थापन कक्षा सञ्चालन भइरहेको अवस्थामा थप नयाँ युगको माग अनुसार बिबिए पढाइ सन्चालन गर्न लागेको र बिबिए कार्यक्रममा कुनैपनि किसिमको कमजोरि हुन नदिने क्याम्पस प्रमुख प्रेम प्रसाद भटराईले जानकारी दिए ।

निरन्तर खबर डक कमसँगको कुराकानीका क्रममा क्याम्पस प्रमुख भटराईले बिबिए सामान्य ज्ञानका लागि मात्र पढ्ने कोर्ष नभएकाले महत्वपुर्ण रहेको बताउदै बिबिए ज्ञान, सीप, ब्यबसायीक प्रयोग, नियमित, अनुशासित, मर्यादित, बिबिन्न किसिमका राजनैतिक तनावहरु, बन्द हट्तालहरुबाट मुक्त रहेर बिद्यार्थीहरुले अध्ययन गर्न पाउने, अध्ययन गर्ने सामग्रीहरु क्याम्पसले व्यबस्था गर्ने, धेरैजसो मोडर्न टेक्नोलोजीको प्रयोग गरेर सिक्ने बिषय भएको बताए ।

विस्व बजारको माग अनुसार बिक्नेगरी बिद्यार्थी तयार गरेर प्रमाणित गर्ने उनले बताए । एक÷दुइ बर्ष भित्रै होटल म्यानेजमेन्ट समेत सन्चालन गर्ने क्याम्पसको योजना रहेको भटराइले बताए । नयाँ बिषय बिबिए को भर्नाका लागि क्याम्पसले फारम समेत बितरण गर्न सुरु गरेको छ । डिनको कार्यलयले लिने सिम्याट केन्द्रिय परिक्षा आउदो मंसिर ८ गते सन्चालन गर्ने र उक्त परिक्षाको रिजल्टमा पास भएका बिद्यार्थीको भर्ना सुरुहुने पनि क्याम्पस प्रमुख भटराईले बताए ।

बिबिए को प्रचारप्रसारमा अहिले क्याम्पस लागीरहेको छ । क्याम्पसले विविए विषय र त्यस सम्वन्धी ज्ञान दिने उद्देश्यले केहि दिन अघि अन्तरक्रिया कार्यक्रम समेत सन्चालन गरेको थियो । वि.स. २०४८ सालमा स्थापना भएको यस क्याम्पसमा अहिले २९ सय ७५ विद्यार्थीहरु सुविधा सम्पन्न भवनमा अध्ययनरत छन् । क्याम्पसले २०७२ सालमा विश्वविद्यालय अनुदान आयोगको (क्युएए) प्रमाणपत्र समेत प्राप्त गर्न सफल भएको छ । क्याम्पसमा बिहानी ,दिवा र बेलुकी शत्रमा पढाई हुँदै आएको छ ।

कुराकानिका क्रममा कैलाली, कन्चनपुरसम्मका बिद्यार्थीहरुलाई क्याम्पसमा अध्यापन गराइएको अनुभव क्याम्पस प्रमुख भटराईले सुनाए साथै क्याम्पसमा खोटाङ, भोजपुर, संखुवासभा, तेह्रथुम, सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ लगायत प्रदेश १ का सबै जिल्लाबाट बिद्यार्थीहरु अहिले पनि क्याम्पसमा अध्ययनरत रहेको बताए ।

त्रिभुवन विस्वविद्यालयले पछिल्लो समयमा वजारको आवस्यक्तालाई मध्यनजर राख्दै सामूदायिक कलेजहरुमा पनि विविए तथा एमविए जस्ता व्यवहारिक विषयलाई महत्व दिईरहेको छ । पछिल्लो समयमा शिक्षा प्रमाण पत्र हाता पार्ने तथा वेरोजगार उत्पादन गर्नेतर्फमात्र निर्देशित भैरहेको परिप्रेक्षमा नयाँ विषय विविएले व्यवहारिक ज्ञान दिने विस्वास गरिएको छ ।

Facebook Comments
Show More

Related Articles