समाचार

बेलबारीमा शनिवार ‘मिनि म्याराथन तथा साङ्गितिक कार्यक्रम’ हुँदै, सम्पुर्ण तयारी पुरा

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डाक्टर सुरेन्द्रकुमार यादव प्रमुख अतिथि

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

कात्तिक १६
मोरङको बेलबारीमा भोली कात्तिक १७ गते शनिबार ‘मिनि म्याराथन तथा साङ्गितिक कार्यक्रम’ हुने भएको छ । नवसोच युवा समुह बेलबारीको आयोजनामा हुन लागेको कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डाक्टर सुरेन्द्रकुमार यादव प्रमुख अतिथि रहनुहुने छ । यस्तै प्रदेश सांसदहरु सुयर्माराज राई,राजकुमार ओझा,जयराम यादवको पनि सहभागिता रहने कार्यक्रम प्रचार प्रसार संयोजक ऋषि राइले जानकारी दिनुभयो ।
शनिबार विहान ७ बजे मिनि म्याराथन कार्यक्रम र वेलुकी साङ्गितिक कार्यक्रम हुन लागेको हो । महिला र पुरुष तर्फका छुट्टा छुट्टै प्रतिष्पर्धा हुने छन् । बेलबारी मालपोत चौक बाट सूरु हुने म्याराथन दक्षिण तर्फ मिर्मरे चौक,इमानसिङ चौक धरहरा हुँदै पुनः मालपोत चौकमै आएर टुङ्गिने नवसोच युवा समुहका अध्यक्ष आशिष गुरुङले जानकारी दिनुभएको छ । मिनिम्याराथनका लागि ९ किलोमिटरको दुरी पार गर्नुपर्नेछ । विजेताहरुलाई पुरस्कारको समेत व्यवस्था रहेको छ ।
पछिल्लो समय मानिसमा अल्छिपना बढेको, शारिरिक श्रम गर्ने बानी हराउदै गरेकाले विभिन्न रोग लाग्ने समस्या भएकाले अब दौडन्छ बेलबारी भन्ने नाराका साथ म्याराथन गरिएको गूरुङले जानकारी दिनुभयो । अब दौडन्छ बेलबारी भन्ने नाराका साथ अल्छिपना त्यागौ,कसरत गरी स्वस्थ रहौं भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम गरिएको आयोजकको भनाई छ ।
शनिबार बेलुकी साङगितिक कार्यक्रम मालपोत चौकमा हुँदैछ । स्थानिय कलाकारहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ विभिन्न व्याण्डहरुको प्रस्तुती सहित कार्यक्रम हुँदैछ । दुवै कार्यक्रममा सहभागिताका लागि आयोजकले सबैमा आग्रह समेत गरेको छ ।

Facebook Comments
Show More

Related Articles