अन्तराष्ट्रीय

माेदीकाे दल बिजेपीका नेताकाे हत्या

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

कात्तिक १६
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (बीजेपी) का एक नेताको गोली हानी हत्या भएको छ ।बिजेपी का जम्मु काश्मिर राज्यका सचिव र उनका भाइको गोली हानी हत्या भएको हो । बीजेपीका सचिव अनिल परिहार र उनका भाइको बिहीबार साँझ अज्ञात समूहले गोली हानी हत्या गरेको हो ।
अनिल र उनका भाइमाथि जम्मु काश्मिरको किश्तवाडस्थित घरतर्फ जाँदै गर्दा गोली प्रहार भएको त्यहाँको प्रहरीले जनाएको छ ।जम्मु काश्मिरका बीजेपीका महासचिव अशोक कौलले घटनाको पुष्टि गर्दै परिहार बीजेपीका एक होनाहार नेता भएको बताएका छन् गोली कसले र किन हान्यो भन्ने खुलेको छैन । तर बिजेपीको जम्मु–काश्मिर अध्यक्ष रवीन्द्र रैनाले गोली हान्ने आतंककारी भएको दाबी गरेका छन् । भारतीय प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Facebook Comments
Show More

Related Articles