बिबिधसमाचारसमाज

लेटाङ कांग्रेसले ग¥यो शुभकामना आदान प्रदान र कार्यलयको उद्घाटन

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

लेटाङ(मोरङ) १३ कात्तिक ।नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूले एक समारोहका बीच मङ्गलबार नेपाली कांग्रेस लेटाङ नगर समितिको कार्यलयको उद्घाटन गर्नु भएको छ ।
शुभकामना आदान प्रदान तथा नगर कार्यलय उद्घाटन कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका सभापति लिम्बूले पार्टी संगठन बलियो बनाउन लागि संगठन चलायमान हुनु पर्ने बताउनु भयो । आफ्ना कार्यकर्तालाई समय समयमा विभिन्न कार्यक्रमहरूमा सहभागी गराए मात्र पार्टीका नेता र कार्यकर्ताहरू बीच दीगो सम्बन्ध कायम हुन सक्ने उहाँको भनाई थियो । लिम्बूले नेपाली कांग्रेस सत्तामा नरहे पनि जनता बीच रहेको बताउँदै उल्लेख गर्दै नागरिकको काम गर्न सत्ता आवश्यक नपर्ने बताउनु भयो । कांग्रेस जनतामा माझ नै रहेको सभापति लिम्बूको भनाई थियो ।
नेपाली कांग्रेस महासमिति सदस्य एवं लेटाङ नगरपालिकाका मेयर शंकर राईले नेपाली राजनीतिमा कांग्रेसको विकल्प अरु कुनै दल नभएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो –‘नेपालका सबै राजनीतिक परिवर्तनको नेतृत्व गरेको कांग्रेस केही समय संसदमा प्रतिपक्षी दल हुँदैमा आत्तिनु पर्दैन ।’

नेपाली कांग्रेस क्षेत्र नं. १ का क्षेत्रीय सभापति एवं उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो कांग्रेस कार्यकर्तामा अनुशासनको अभाव भएको टिप्पणी गर्नुभयो । उहाँले नेताहरूमा राजनीतिक संस्कारको अभाव भएको बताउँदै फागोले भन्नुभयो – नेताहरू कार्यकर्तामा प्रस्तुत हुने शैलीमा परिवर्तन आवश्यक छ । उहाँले ठर्रा र नचाहिदो रवाफले पार्टी संगठन कमजोर हुने बताउँनु भयो ।
नेपाली कांग्रेस लेटाङ नगर समितिका सभापति राजकुमार लामाको सभापतित्वमा भएको शुभकामना आदान प्रदान कार्यक्रममा भवन निर्माण समितिका संयोजक दीपकचन्द्र राईले भवन निर्माणका आय ब्यय प्रस्तुत गर्नु भएको थियो । तत्कालिन चारतारे युवा क्लवले निर्माण गरेको भवनलाई नै पार्टीले मर्मत सम्हार गरी कार्यलयको रुपमा स्थापित गरेको हो ।
सोही अवसरमा भवनको मुख्य गेट निर्माणमा सहयोग पु¥याउने तीन जनालाई नगर समितिले सम्मान गरेको थियो

Facebook Comments
Show More

Related Articles