nirantarkhabarअर्थकृषिफोटो ग्यालरीबिबिधसमाचारसमाज

धान पाकेर खेत पहेंलपुर

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

अनिल बराल, बिराटचौक ।

यतिबेला देशभर नै धान पाकेर खेत पहेंलपुर भएका छन । कृषि प्रधान देश नेपालमा कार्तिक र मंसिर महिनामा किसानलाई धान भित्¥याउन भ्याइनभ्याई हुन्छ । असार साउन महिनामा रोपेको धान यतिबेला पाक्ने गर्दछ ।

कृषिप्रधान मुलुक नेपालमा ६५ प्रतिशतभन्दा धेरै जनसंख्या कृषिमा आश्रित छ । नेपालमा लगाइने बालिहरुमध्ये धान प्रमुख बालिमा पर्दछ । धान नै प्रमुख खाद्यान्न बाली भएकोले खाद्य सुरक्षामा धानखेतीको ठूलो महत्व रहेको छ ।

मौसमका आधारमा नेपालमा चैते, बर्खे, भदैया, घैया, हिउँदे धानको खेती हुन्छ । अहिलेसम्म ८१ प्रकारका धानका जातको खेती हुदै आएको छ । मनाङ र मुस्ताङबाहेक सबै जिल्लामा धान खेती हुन्छ । मनाङ र मुस्ताङ उच्च हिमाली क्षेत्र भएकाले त्यहाँ धान रोपाइँ हुन नसकेको हो । नेपालमा सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला झापा र मोरङ हुन । झापालाई धान उत्पादनको सुपरजोन क्षेत्रसमेत घोषणा गरिएको छ । संसारको सबैभन्दा उच्च स्थानमा धानखेती हुने ठाँउ पनि नेपालमै पर्दछ जुन जुम्ला जिल्लाको छुमचौर हो ।
धान विश्वकै एक प्रमुख अन्न बाली पनि हो । विश्वको जनसङ्ख्याको आधा अर्थात् साढे तीन अर्ब मानिसको मुख्य खाना नै चामल हो । विश्वका ११४ मुलुकमा धानको उत्पादन हुने गर्छ । सबैभन्दा बढी धान उत्पादन गर्ने मुलुक चीन हो । ९० प्रतिशत धान एसियामै उत्पादन हुने गर्छ । उत्पादनको आधा एसियामै खपत हुने गरेको छ । संसारमा ४० हजारभन्दा बढी प्रजातिका धानहरु पाइन्छन् ।
विज्ञहरुका अनुसार चामलमा प्रशस्त मात्रामा कार्बोहाड्रेड पाइने, चिल्लो पदार्थ नगण्य रुपमा भएको र मुटुरोग लगाउने कोलेस्ट्रोल तत्व नभएको, सोडियम तत्व कम भएको कारणले स्वाथ्यबद्र्धक पनि मानिन्छ ।

Facebook Comments
Show More

Related Articles