समाचार

अाफैँले सिर्जेका ढकमक्क फुलहरुको संसारमा रमाउँदै दिपेश…………

५० हजारबाट सूरू भएकाे दिपेश नर्सरी अहिले ७५ लाखकाे भैसक्याे

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

कात्तिक १२
१७ वर्षे कलिलो उमेरमा दिपेश योगी सुन्दर फुलवारी देखेर मक्ख पर्थे । मानिसका घर अगाडीका रंगीविरंगी फुलका सुन्दर बगैँचाले दिपेशलाई मज्जाले लठ्याउथ्यो । फुलको संसार हेर्नेमात्रै हैन यस्ता वगैँचाको सर्जक नै आफैँ बन्न सके कति राम्रो हुन्थ्यो होला भन्ने सोच उनको मनमा खेल्न थाल्यो । उनको त्यो बेला बसेको सोचको कोपिला आज १८ वर्षको अन्तरालमा ढकमक्कै फुलेका छन् । उहिले उनी लट्ठिने गरेका त्यस्ता दर्जनौ बगैँचाका लागि रंगीविरंगी फुल फुलाउने सयौं विरुवा आज उनी आफै तयार गर्छन् । हिजो अर्काको बगैँचा देखेर लट्ठिने दिपेश आज आफ्नै सिर्जनाको ठुलो बगैँचामा रमाउँछन् । आफ्नौ बगैचाँका विरुवाहरुले दिने प्राण वायु लिन्छन् । फुलैफुलको संसार र हरियाली वातावरणमा दिन रात विताउँछन् । सँगैका साथी कोही सात समुद्र पारी होलान्,कोही कता । तर उनी त्यो सुन्दर फुलैफुलको संसार एक छिन् छा्ेड्न सक्दैनन् ।फुल र विरुवा वाहेक हरु सोच्न पनि सक्दैनन् । अब त यसरी नै उनले १८ वर्ष विताइसके । लाग्छ उनले कुनै कठोर तपस्यानै पुरा गरीसके । कुनै सरकारी जागिरे थिए भने पेन्सन हुने बेला भइसक्नै लाग्यो । उनको यो सफलताको कथा पढेर आनन्द लिनका लागि मात्रै हैन,त्यो भन्दा धेरै प्रेरणा लिनका लागि हो ।
दिपेशले सुन्दरहरैंचा १ स्थित विराटचौक मा दिपेश नर्सरी सञ्चालनमा ल्याएका छन् । नर्सरी व्यवसायमा उनले सूरुमा लगानी गरेको ५० हजार रुपैयाँ विउ पुँजीलाई कोपिला ठान्ने हो भने आज त्यो बढेर ढकमक्कै भएको छ,झण्डै ७५ लाखको । अहिले उनी खर्च कटाएर महिनामा ५० हजार रपैयाँ कमाउछन् । १८ वर्ष सम्म व्यवसाय गर्दाका पिडाहरु कम्ती छैनन् । दिपेश भन्छन्,‘दुख त यति धेरै गरियो तर हिम्मत हारिएन् ।’ भाडामा जग्गा लिएर व्यवसाय सञ्चालन गर्दै आएका उनले नर्सरी ३ ठाउँमा सारिसकेको बताए । सामान्य कलमी गरेर विरुवाहरु तयार गर्दै आएका उनको नर्सरीमा अहिले टिस्युकल्चर प्रविधीको पनि प्रयोग हुने गरेको छ । थाइल्याण्ड,भारत लगायत मुलुकबाट समेत विरुवाहरु आउने गरेका छन् । विदेशबाट विरुवा भित्र्याउदा भने भन्सारमा केही समस्या झेल्ने गरेको उनको अनुभव छ। विरुवाहरुको प्लान्ट क्वारेन्टाइनमा पनि समस्या हुने गरेको उनले बताए ।
माटोमै कुटो पस्नी चलाएर केही आम्दानी हुने भएकाले रासयानिक मल प्रयोग गरेर माटोको गुणस्तर विगार्न नहुनेमा उनी सचेत छन् । दिपेश भन्छन्,‘रासायानिक मलको प्रभाव क्षणिक मात्रै हुन्छ । हामी चै घरेलु मल नै प्रयोग गर्छौ ।’ अरुलाई पनि यस्तै गर्न उनको सल्लाह छ ।
नर्सरीमा भ्याइनभ्याई
जाडोको फुल रोप्ने सिजनमा दिपेश नर्सरीमा आउने ग्राहकलाई विरुवा दिन ४ जनालाई त भ्याइनभ्याइ हुने गरेको छ । ग्राहकको माग अनुसारका विरुवा उत्पादन गर्नु र माग पुरा गर्नु सँधै चुनौती नै रहने गरेको छ । दिपेश नर्सरीमा डालिया,सयपत्री,गोदावरी,एजिलिया,केमिलिया लगायतको माग हुने र वर्षामा आँप लिची जस्ता फलका विरुवाहरु विक्रि हुने गरेको छ दिपेश बताउँछन् ।
सिक्ने ठाउँका रुपमा दिपेश नर्सरी
फनपार्क,रिसोर्ट बनाउने उद्देश्यका लागि बगैँचा सजावटको कौशल सिक्न र विरुवा लिनपनि मानिसहरु नर्सरी आउने गरेको दिपेश बताउँछन् । कृषि अध्ययन गर्ने विद्यार्थीहरु पनि केही सिक्नका लागि नर्सरी आउने गरेका छन् । विरुवा मात्रै हैन कुनै कार्याक्रम हुँदा स्टेज सजावटका लागि पनि दिपेश नर्सरीबाट गमला सहितका फुलहरु लाने गरिएको छ । धरान विराटनगर लगायत ठाउँसम्म पनि दिपेश नर्सरीबाट फुलहरु जाने गरेका छन् ।

Facebook Comments
Show More

Related Articles