nirantarkhabarबिबिधसमाचारसमाज

धरानमा खरामोको समिति पुनर्गठन, नारी मोर्चाको केन्द्रिय अध्यक्षमा देसमाया मनोनित

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

धरान । खम्वुवान राष्ट्रिय मोर्चा धरान नगर समिति पुर्नगठन भएको छ । पुनर्गठित समितिमा धरान नगर समिति अध्यक्ष काजीमान राईको निधन पश्चात कार्यबाहक अध्यक्ष रहनु भएका तत्कालिन उपाध्यक्ष प्रेमराज राइको अध्यक्षतामा, सचिव पुष्कर गुरुङ, कोषाध्यक्ष रुबीका राई र सदस्यहरुमा जयमान खम्बू, बुद्धिराज खम्बू, मोतीकृष्ण राई, भेमिश्वरी राई, सरस्वती खम्बू, भीम बहादुर खम्बू, कर्ण खम्बू, कृष्णा थापा मगर, दुर्गाधन खम्बू, लोकराज राई, भक्त भुजेल, ईन्द कुमारी राई, गर्जमान परियार र अम्बर राई रहेका छन् ।
पुर्नगठिन समितिलाई सुनसरी जिल्ला अध्यक्षले शुभकामना दिएका थिए भने प्रमुख अतिथी आर.के. खम्बूले वधाई तथा कार्यकालको सफलताको कामना गर्दै बर्तमान राजनीतिक परिस्थिती र खरामोको कार्यनीतिबारे प्रशिक्षण दिएका थिए । अध्यक्ष खम्बूले हालको बहुमतिय सरकारले नेपालका आदिवासी जनजातीहरुलाई गर्ने ब्यवहार र उनिहरुको जायज माग प्रति गर्ने ब्यबहारले खरामोको आगामी कार्यक्रमहरु तर्जुमा हुने बताउदै खरामोको खम्बुवान राष्ट्रराज्यको अभियान निरन्तर जारि रहेको बताए ।
अहिले पहिचानको मुद्धालाई राजनीतीक सैद्धान्तिक आधारमामा स्थापित गरिसकिएको र यहि आधारमा राज्यलाई राजनीतिक दवाव दिने बताउँदै अध्यक्ष खम्बूले यहि आधारमा राज्यसँगको सम्बन्ध कस्तो हुने भन्ने बारेमा समेत प्रशिक्षण दिएका थिए । अहिले मोर्चा सरकार र राज्यसँग पर्ख र हेरको नीतिमा रहेको बताउदै अध्यक्ष खम्बूले राजनीतिक प्रणालीको सिद्धान्तमा मागहरुलाई समायोजन गरिरहेका छौं र यसको प्रतिफल आगामी ४ वर्षमा हुने निर्वाचनमा देखाउने कुरामा आफू ढुक्क रहेको र सबै पहिचानवादीहरु यसमा ढुक्क भएको बताए । मोर्चाको मंसिर पहिलो हप्ता हुन लागेको जिल्लाका प्रमुखहरु, केन्द्रीय समिति र स्थायी समितिको संयुक्त बैठकले विषेश निर्णय गर्ने उनले बताए । त्यो भेलाले गर्ने निर्णयले राष्ट्रराज्य निर्माणको अभियान र राष्ट्रिय मुक्ति आन्दोलनको अभियानमा विशिष्ट अध्यायको शुरुवात गर्ने खम्बूले बताए ।
उक्त भेलामा केन्द्रीय अध्यक्ष आर.के खम्बू प्रमुख अतिथि, अतिथिहरुमा केन्द्रबाट बरिष्ठ उपाध्यक्ष जय खिम्दुङ, सहायक सचिव कुबेर बुताङ खम्बू, कोषाध्यक्ष राजन वान्तवा, केन्द्रीय सदस्य विश्वर दावा, सुवास चाम्लिङ, महिला मोर्चा केन्द्रीय अध्यक्ष देशमाया राई, सुनसरी अध्यक्ष बज्रमणि खम्बू लगायतको उपस्थिति रहेको थियो ।
यसैगरी खम्बुवान राष्ट्रिय मोर्चाको शुक्रबार बसेको स्थाइ समितिको बैठकले देस माया खम्बूलाई खम्बुवान नारी मोर्चाको केन्द्रिय अध्यक्षमा मनोनयन गरेको छ । उनलाई मनोनयन पस्चात केन्द्रिय अध्यक्ष आर के खम्बू ले मनोनयन पत्र तथा सदस्यता पत्र बितरण गरी सफत ग्रहन गराएका थिए ।
उक्त कार्यक्रम बरिस्थ उपाध्यक्ष जय खिम्दुङ ,उपाध्यक्ष द्वय दिलाराम खम्बू , सङगम खम्बू , महासचिव रणेन्द्र थिम्राहाङ, सचिव राजुदेव खम्बू ,ससचिव तथा केभी कमान्डर कुबेर बुताङ खम्बू ,,कोषाध्यक्ष राजन बान्तवा ,सुन्सरी जिल्ला अध्यक्ष बजरमणी खम्बू लगायतको उपस्थिती रहेको थियो ।

Facebook Comments
Show More

Related Articles