बिबिधसमाचारसमाज

वडाध्यक्ष हुनु त प्रताप तामाङ जस्तो

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

 

हरि कोइराला

सुनवर्सी(मोरङ) ८ कात्तिक  । जिम्मेबारी वडाध्यक्षको मात्रै भएपनि मोरङको सुनवर्सी नगरपालिका वडा नं. २ का प्रताप तामाङ देशका वडाध्यक्ष भन्दा फरक हुनुहुन्छ । विगत देखि नै सामाजिक काममा हुरुक्क हुने वडाध्यक्ष तामाङले वडावासीकोे मत मात्रै जित्नु भएको छैन, मन पनि जितिसक्नु भएको छ । दशैंको मुखैमा आफ्ना वडाका १७४ विपन्न परिवारलाई प्रति परिवार २० किलो चामल निशुल्क वितरण गर्नु भएका तामाङले पुन अर्को लोक प्रिय कार्यक्रम घोषणा गर्नु भएको छ । उहाँले आफूले प्राप्त गर्ने सेवा सुविधा वापतको सम्पूर्ण रकम  वडा भित्रका फूसको छानो हटाएर जस्ता लगाउनमा खर्च गर्ने घोषणा गर्नु भएको छ ।

२०७४ असारमा निर्वाचित वडाध्यक्ष तामाङले हाल सम्म आफूले प्राप्त गरेको सेवा सुविधा वापतको रकम खर्च नगरि बैंकमा जम्मा गर्नु भएको छ । वडाध्यक्ष तामाङले भन्नुभयो–‘हाल सम्म ४ लाख २३ हजार रुपियाँ जम्मा भएको छ । केही ब्याज पनि जम्मा भयो होला । रकम नपुग भए आफैं केही रकम थप गर्ने योजना उहाँले सुनाउनु भयो  । उक्त रकम पनि अपुग भए विपन्न वडावासीको  खरको छानो हटाएर जस्ता लगाउनका लागि नगरपालिकासँग १५ प्रतिशत रकम सहयोग माग्ने वडाध्यक्ष तामाङले बताउनु भयो ।

मोरङको सुनवर्सी नगरपालिकाको वडा नं.२ मा लोपोन्मुख जातिका अति विपन्न परिवारको बसोवास रहेको छ । खासगरी सन्थाल,मुसहर, राजवंशी, ताजपुरिया ,गनगाई, र मुस्लिमहरूको बसोवास रहेको सुनवर्सी २ मा झण्डै १ सय ५ घर फुसको छानो भएका अति परिवारका रहेका छन् ।

उहाँले हालै वैदेशिक रोजगारका क्रममा दक्षिण कोरिया पुगेर गैर कानूनी रुपमा काम गरिरहेका बेला दुर्घटनामा परी मृत्यु भएका सोही वडाका एक युवकको लास नेपाल झिकाउन १ लाख रुपियाँ सहयोग गर्नुभएको थियो ।

Facebook Comments
Show More

Related Articles