बिबिधसमाचारसमाज

तीन बालिका भगाउने महिला पक्राउ

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

निरन्तर खवर डेक्स
बेलबारीं ८ कात्तिक । कम्पनीमा जागिर लगाइ दिने प्रलोभन देखाएर तीन जना बालिका भगाउने युवतीलाई प्रहरीले पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका १३ देवीनगरमा भाडामा बस्दै आएकी शर्मिला खत्रीलाई प्रहरीले पाल्पाको तानसेन–७ बाट पक्राउ गरेको हो

दसैँमा मामाघर आएकी खत्रीले तानसेन ७ का तीनजना बालिकालाई कम्पनीमा काम लगाइदिने भन्दै घरबाट भगाएको प्रहरीले जनाएको छ । उनले १६ वर्षीया ममता कुमाल, १५ वर्षीया सुस्मिता कुमाल र १४ वर्षीया अनिषा चौधरीलाई कम्पनीमा काम लगाइदिने लोभ देखाएको प्रहरीले जनाएको छ ।
बुटवल लैजाँदै गर्दा स्थानीयले देखेर प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालय पाल्पाको टोलीले उनलाई पक्राउ गरेको हो ।

Facebook Comments
Show More

Related Articles