nirantarkhabarबिबिधसमाचार

खम्वुवान पार्टी मोरङको शुभकामना आदानप्रदान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

बेलबारी ।
खम्वुवान राष्ट्रिय मोर्चा नेपाल पार्टी जिल्ला कार्य समिति मोरङले शुभकामना आदानप्रदान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । मोरङको लक्ष्मीमार्ग स्थित सेमिङचोङ भवनमा भएको कार्यक्रममा पार्टीका केन्द्रिय अध्यक्ष आर के खम्वुको समेत उपस्थिति रहेको थियो । खम्बुले पार्टीका भावी कार्यनिति, रणनिति लगायत विषयमाथी प्रशिक्षण समेत दिनुभएको थियो ।
पार्टीको जिल्ला कार्यसमिति मोरङका अध्यक्ष रणेन्द्र थिम्राहाङको सभापतित्वमा भएको कार्यक्रममा, पार्टीका केन्द्रिय वरिष्ट उपाध्यक्ष जयप्रशाद खिम्दुङ,उपाध्यक्षद्वय दिलराम खम्वु,संगम खम्वु,कोषाध्यक्ष राजन खम्बु, उपसचिव कुबेर वुताङ, पार्टीका सुनसरी अध्यक्ष बज्रमणी खम्बु,धनकुटा अध्यक्ष हरी दर्नाल लगायतको उपस्थिति रहेको थियो । चाडपर्वहरुका अवसरमा शुभकामना एवम् अन्तरकृया कार्यक्रम समेत भएको पार्टीका केन्द्रिय सचिव एवम् सुचना तथा सञ्चार प्रमुख राजुदेव राईले जानकारी दिनुभएको छ ।

Facebook Comments
Show More

Related Articles