समाचार

खम्बुवान राष्ट्रिय मोर्चा नेपाल पार्टीभित्र विभागिय जिम्मेवारी बाँडफाँड

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

कात्तिक ५
खम्बुवान राष्ट्रिय मोर्चा नेपाल पार्टीले संगठनभित्र विभिन्न जिम्मेवारीहरु बाँडफाँड गरेको छ । मोरङको लेटाङ नगरपालिका स्थित सेमिङचोङ भवनमा अाज बसेको पार्टीको ३४ औ स्थाई समिति बैठकले विभागिय प्रमुखहरु तोक्ने निर्णय गरेको हो । बैठकले संगठन विभाग प्रमुखमा रणेन्द्र थिम्राहाङ, सुचना तथा सञ्चार विभाग प्रमुखमा राजुदेव राई,अर्थ विभाग प्रमुखमा राजन वान्तवा, विदेश विभाग प्रमुखमा आरके खम्बु, सम्पर्क समन्वय संवाद प्रमुखमा संगम खम्बु र कला सांस्कृतिक विभाग प्रमुखमा दिलराम खम्वुलाई जिम्मेवारी तोकेको छ । यस्तै प्रदेश नम्बर १ का १४ वटै जिल्ला अध्यक्ष सहित मेजर फाइव र केन्द्रिय सदस्य सहितको केन्द्रिय समितिको वैठक निकट भविष्यमा नै सम्पन्न गर्ने निर्णय भएको पार्टीका केन्द्रिय सचिव तथा सुचना तथा सञ्चार विभाग प्रमुख राजुदेव राईले जानकारी दिनुभएको छ ।

Facebook Comments
Show More

Related Articles