समाचार

बेतना सिमसार नजिकै दुर्घटना :ससफो मोरङ क्षेत्रनम्बर ३ का अध्यक्ष र सहसचिवको मृत्यु

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

असोज २६
असोज २७ गते हुने युुवा सम्बन्धी कार्यक्रमको तयारीमा खटिनुभएका संघिय समाजवादी फोरम मोरङ क्षेत्रनम्बर ३ का अध्यक्ष र सहसचिवको दुर्घटनामा परी मृत्यु भएको छ । हिजो साँझ पुर्वपश्चिम राजमार्ग अन्तरगत बेलवारी ४ बेतना सिमसार नजिकै भएको दुर्घटनामा ससफोका मोरङ क्षेत्र नम्बर ३ का अध्यक्ष वर्णबहादुर राई र सहसचिव मनकुमार राईको मृत्यु भएको हो । बेलबारीबाट लक्ष्मीमार्ग फर्कदै गर्नुभएका राईद्वय सवार को १२ प ९६८२ नम्बरको मोटरसाइकललाइ पूर्वबाट पश्चिम आउँदै गरेको ना ५ ख १९२० नम्बरको ट्रकले ठोक्काएको थियो । दुर्घटनामा घाइते हुनुभएका दुवैजनाको धरानस्थित विपि कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
युवा सम्बन्धी कार्यक्रम सफल पार्नका लागि दुवैजना खटिनेक्रममा दुखद घटना भएको ससफो प्रदेश नम्बर १ का सदस्य केदार धिमालले जानकारी दिनुभएको छ ।

ससफो मोरङ क्षेत्र नम्बर ३ का सह सचिब मनकुमार राई

यस्तै मोरङकै कानेपोखरी गाउँपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। ना५ख २१४१ नं को बसले बाटो काट्ने क्रममा ठक्कर दिँदा घाइते भएका कानेपोखरी गाउँपालिका–७ का ५० वर्षीय विष्णु भेटवालको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा गए राति मृत्यु भएको हो।

Facebook Comments
Show More

Related Articles