समाचार

रेडियो वेतनामा वालिका तथा किशोरीका सवालमा रेडियो बहस

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

असोज २५
अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा आज बेलबारी स्थित रेडियो वेतना ९७.१ मेगाहर्जले वालिका तथा किशोरीका सवालमा रेडियो बहस कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा किशोरी प्रस्तोता र किशोरी अभियन्ता सहभागी थिए । रेडियो वेतनामा कार्यक्रम प्रस्तोताहरु अनु निरौला र स्वस्तिका लिम्वुले वहस सञ्चालन गरेका थिए । वहसमा प्लान इन्टरनेशनल फरवार्ड नेपालको साझेदारीमा वाल शक्ति परियोजना अन्तरगत कल्याणकारी युवा महिला संस्थाकी कोषाध्यक्ष आशाकुमारी सरदार सहभागी हुनुहुन्थ्यो । बहसमूलक कार्यक्रममा समुदायमा देखिएका बालिका र किशोरीको समस्या तथा त्यसको न्युनिकरणका लागि आफ्नो नेतृत्वमा भइरहेका पहलबारे कुराकानी भएको थियो । सहभागीले वालविवाह,किशोरी वलात्कार लगायत हिंसाको कारण र न्युनीकरणका उपाय वारे सुझाव सहितका विचार राखेका थिए ।बहस देशभरका सामुदायिक रेडियोबाट प्रत्यक्ष प्रशारण भएको थियो । वहसपछि एक कार्यक्रमका विच रेडियो वेतनाका अध्यक्ष भोजराज बस्नेतले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

रेडियो वेतनामा किशोरी वहसमा सहभागी र प्रस्तोताहरु

सातौं अन्तराष्ट्रिय बालिका दिवसको अवसर पारेर रेडियो वेतनामा जस्तै आज देशैभरीका सामूदायिक रेडियोमा किशोरीहरुले बहस गरेका छन् । देशभरीका ३ सय सामूदायिक रेडियोमा ९०० जना किशोरीले आफ्नै सवालमा बहस गरेका हुन् ।
बालबालिकाको अधिकार र किशोरीको समानताका लागि क्रियाशील अन्तर्राष्ट्रिय गैरसरकारी संस्था प्लान इन्टरनेशनल नेपाल, सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) र सीआईएनको संयोजनमा देशभरका ३ सय रेडियो मार्फत यो ‘गल्र्स टेकओभर’ भएको हो ।

Facebook Comments
Show More

Related Articles