nirantarkhabarखेलकुदबिबिधसमाचार

३० केजीको खसी एभरेष्ट भेट्रान भाउन्नेलाई

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

अनिल बराल, बेलबारी ।
मोरङको बेलबारी २ मा सम्पन्न लालभित्ती ढल्केजोवन खसी कप प्रतियोगिताको उपाधि एभरेष्ट भेट्रान भाउन्नेले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा एभरेष्ट भेट्रानले पथरी भेट्रान क्लब पथरीलाई ० का बिरुद्ध १ गोल गर्दै प्रतियोगिताको उपाधि आफ्नो पक्षमा पार्न सफल भएको हो ।

प्रथम भएको एभरेष्ट भेट्रानले ३० केजीको खसी , मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ । प्रतियोगिता समापन कार्यक्रमका प्रमुख अतिथि वडा नं २ का वडाध्यक्ष घनस्याम गौतमले प्रथम भएको एभरेष्ट भेट्रानलाई खसी पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगितामा दोस्रो भएको पथरी भेट्रान क्लब पथरीले भने १५ केजीको खसी, मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ । खेल अवधिभर ५ गोल गर्ने पथरीका संजोग राईले १ क्यारेट अण्डा पाए भने उत्कृष्ट खेलाडि पथरीकै लिलानाथ भारतीले लोकल भाले प्राप्त गरे ।
महान चाड वडादशैको अवसरमा नरेन्द्र स्मृति युवा क्लब बेलबारी २ ले आयोजना गरेको प्रतियोगितामा उत्तरी मोरङका ८ वटा भेट्रान टिमहरुको सहभागिता रहेको थियो ।

असोज १६ गते उद्घाटन भएको प्रतियोगिता लालभित्तिको सिंहदेवी हाइटमा सन्चालन भएको थियो ।

Facebook Comments
Show More

Related Articles