समाचार

नेता सिटौलाको चेतावनी युक्त सन्देशले रोकियो कांग्रेसको केन्द्रिय कार्यसमिति वैठक

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

२४ असोज
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वहुमतको आडमा वैठक राखेर निर्णय गर्ने मुर्खता नगर्न सभापति शेरवहादुर देउवालाई चेतावनी दिएका छन् । यो सँगै कांग्रेस केन्द्रिय कार्यसमितिको वैठक समेत स्थगित भएको छ ।सिटौलाले अप्रिय स्थितिको सामना गर्न तयार हुन चेतावनी दिएका थिए ।

सिटौलासहित केही नेताले बैठक बहिस्कार गर्ने जानकारी यसअघिनै दिइसकेका थिए ।
स्रोतका अनुसार सभापति देउवा र सिटौलाबीच पनि कुरा भएको थियो । सिटौलालाई बैठकमा भाग लिन र बहिस्कार नगर्न महामन्त्री पूर्णबहादुर खड्काले औपचारिक रुपमै आग्रह गरेका थिए ।

तर सिटौलाले बहुमतको आडमा बैठक राखेर निर्णय गर्ने मूर्खता नदेखाउन खड्कामार्फत देउवालाई सन्देश पठाएको स्रोतले जनाएको छ ।

पैलेरै जाने नीति पार्टी नेतृत्वले राखेमा समाप्तिको दिशामा जाने भन्दै सिटौलाले लोकतन्त्रमा तानाशाही नचल्ने देउवालाई बताएको उनी निकट स्रोतले बतायो ।

प्रकाशमान सिंह र अर्जुन नरसिंह केसीलगायतका नेताले पनि बैठक बहिस्कार गर्ने भएपछि संस्थापन पक्ष दबाबमा परेको थियो ।

Facebook Comments
Show More

Related Articles