समाचार

बामदेवको लागि चुनाव गराउनु अनिष्टको संकेत : बाबुराम भट्टराई

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

असोज २४
नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बर्दियाबाट पराजित बामदेव गौतमका लागि काठमाडौं ७ मा उपचुनाव गराउनु चरम राजनीतिक अनिष्टको संकेत भएको टिप्पणी गर्नुभएको छ । ट्वीटमार्फत उहाँले यसलाई लोकतन्त्रको भ्रष्टीकरण समेत भन्नुभएको छ ।

ट्वीटरमा उहाँले लेख्नुभएको छ, ‘काठमाडौं ७ का निर्वाचित सांसदलाई राजीनामा गराएर बर्दियाबाट हारेका वामदेव गौतमलाई संसदमा पुर्याउन अर्काे खर्चिलो चुनाव गराउनु लोकतन्त्रको भ्रष्टीकरण र आगामी दिनमा चरम राजनीतिक अनिष्टताको संकेत हो । बेलैमा होस पुर्‍याऔं !’

काठमाण्डौ–७ का निर्वाचित सांसदलाई राजीनामा गराएर बर्दियाबाट हारेका वामदेव गौतमलाई संसदमा पुर्याउन अर्काे खर्चिलो चुनाव गराउनु लोकतन्त्रको भ्रष्टीकरण र आगामी दिनमा चरम राजनीतिक अनिष्टताको संकेत हो।वेलैमा होश पुर्याऔं!दलीय घेराभन्दा माथि उठेर लोकतन्त्रको रक्षा र समृद्धीकरण गरौं!

नेकपाले काठमाडौं ७ बाट निर्वाचित सांसद रामवीर मानन्धरलाई राजीनामा गराएर त्यहाँ उपनिर्वाचन गराउने र नेता गौतमलाई उम्मेदवार बनाउने तयारी गरेको छ । यसअनुसार मानन्धरले राजीनामाको घोषणा समेत गरिसक्नुभएको छ ।

Facebook Comments
Show More

Related Articles