बिबिधसमाचारसमाज

नेविसंघ मोरङको सभापतिमा तुम्वापोको उम्मेद्वारी घोषणा

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

पथरी २३ असोज /पथरी बहुमुखी क्याम्पस नेपाल विदार्थी संघका इकाई सभापति नवराज तुम्वापोले नेपाल विद्यार्थी संघ मोरङको १२ औं जिल्ला अधिवेशनमा सभापतिको उम्मेद्वार बन्ने घोषणा गर्नु भएको छ ।
मङ्गलबार पथरी बहुमुखी क्याम्पसको सभा हलमा पत्रकार सम्मेलनको आयोजना गरी तुम्वापोले उम्मेद्वारी घोषणा गर्नु भएको हो । पत्रकार सम्मेलनमा उम्मेद्वारी घोषणा गर्दै विद्यार्थी नेता तुम्वापोले नेपाल विद्यार्थी संघलाई युग सापेक्ष ढंगबाट सञ्चालन गर्न आफू तयार रहेको बताउनु भयो । उहाँले संघको गौरवपूर्ण इतिहासलाई जीवन्त राख्दै नेपाल विद्यार्थी संघलाई मोरङ जिल्लाका प्रत्येक विद्यालय,गाउँ, नगर र क्षेत्रमा विस्तार गर्ने बताउनु भयो ।
तुम्वापोले आफू मातृ पार्टी र नेविसंघ भित्रको गुट ,उपगुटको बिरोधी भएको बताउँदै संघलाई कांग्रेस नेताको वरिपरी मात्र घुम्न नदिने प्रतिवद्धता ब्यक्त गर्नुभयो । उम्मेद्वार घोषणा कार्यक्रमका संयोजक केशर राईको सभापतित्वमा भएको कार्यक्रममा विद्यार्थी नेता विक्रम लिम्बू र पथरी बहुमुखी क्याम्पसका प्रमुख चेतन पौडेलले शुभकामना प्रकट गर्नु भएको थियो ।
उम्मेद्वारी घोषणा सभामा तुम्वापो समर्थक विद्यार्थी र विद्यार्थी नेताहरूको सहभागिता रहेको थियो ।
नेपाल विद्यार्थी संघको मोरङ जिल्ला अधिवेशन आगामी कात्तिक महिना भित्रमा हुने बताइएको छ ।

Facebook Comments
Show More

Related Articles