nirantarkhabarखेलकुदबिबिधसमाचार

लालभित्ती भेट्रानलाई पन्ध्र केजी कुखुरा

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

अनिल बराल, बेलबारी ।
मोरङको बेलबारी २ मा जारी लालभित्ती ढल्केजोवन खसी कप प्रतियोगितामा लालभित्ती भेट्रान टिम तेश्रो भएको छ । मंगलबार भएको तेस्रो स्थानको खेलमा लालभित्ती भेट्रानले वेतना भेट्रानलाइ १ का बिरुद्ध २ गोल गर्दै प्रतियोगितामा तेस्रो भएको हो ।

तेस्रो भएको लालभित्ती भेट्रानले १५ केजी कुखुरा पुरस्कार पाएको छ ।

महान चाड वडादशैको अवसरमा नरेन्द्र स्मृति युवा क्लब बेलबारी २ ले आयोजना गरेको प्रतियोगितामा उत्तरी मोरङका ८ वटा भेट्रान टिमहरुको सहभागिता रहेको थियो ।
प्रतियोगिताको बिजेताले ३० केजीको खसी, दोस्रोले १५ केजीको खसी र तेस्रो हुने टिमले १५ केजी कुखुरा पुरस्कार पाउने संयोजक टंक लिम्बुले जानकारी दिए । प्रतियोगितामा म्यान अफ द म्याचले लोकल भाले पाउनेछ भने प्रत्येक सहभागी टिमहरुलाई प्रमाणपत्र उपलब्ध गराउने पनि संयोजक लिम्बुले बताए ।

असोज १६ गते उद्घाटन भएको प्रतियोगिता २४ गते फाइनल खेलसँगै समाप्त हुनेछ । २४ गतेको फाइनल खेल एभरेष्ट भेट्रान र पथरी भेट्रान बिच हुने सचिव राजु परियारले जानकारी दिए ।

Facebook Comments
Show More

Related Articles