खेलकुद

बेलबारी २ मा सञ्चालित अन्तर टोलविकास फुटबल प्रतियोगिताको हिसाब सार्वजनिक

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

असोज २३
बेलबारी नगरपालिका वार्डनम्बर २ मा गएको असारमा सञ्चालित अन्तर टोलविकास संस्था नकआउट फुटवल प्रतियोगिताको हिसाव आयोजकले सार्वजनिक गरेको छ । सो प्रतियोगिताको आयोजक कविर निरन्तर विकास समिति बेलबारी २ ले आज पत्रकार सम्मेलन गरेर प्रतियोगिताको आय–व्यय सार्वजनिक गरेको हो ।
प्रतियोगिताका सञ्चालनका क्रममा १ लाख ५१ हजार रुपैया आम्दानी भएको र १ लाख ६१ हजार ४ सय रुपैया खर्च भएको कविर निरन्तर विकास समितिका अध्यक्ष डि.वि. मादेनले जानकारी दिनुभएको छ । प्रतियोगिता आयोजनाका लागि वार्डनम्बर २ ले ९८ हजार ४ सय ,रमिते सामुदायिक वन समितिले ५० हजार र जनप्रतिनिधि मनु श्रेष्ठले २ हजार रुपैया दिएको मादेनले बताउनुभयो । प्रतियोगिता तयारीका क्रममा बल,नेट लगायतका सामग्रीहरु खरिद र प्रतियोगिता व्यवस्थापन लगायतमा गरी १ लाख ६१ हजार रुपैयाँ खर्च भएको आयोजकले जानकारी दिएको छ । प्रतियोगिता गएको असार १९ गतेदेखि २६ गतेसम्म बेलवारी २ सिंहदेवी हाइट खेलमैदान प्रतियोगिता भएको थियो । वार्ड नम्बर २ का १५ वटा टोल विकास संस्थाहरु विच भएको प्रतियोगितामा प्रथम हुनेले नगद १६ हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र र दोस्रो हुनेले ११ हजार रुपैयाँ सहित ट्रफी प्रमाणपत्र प्राप्त गरेका थिए ।ֿ

Facebook Comments
Show More

Related Articles