समाचार

भारतियहरु नेपालमै प्रवेश गरेर नेपालीकै हत्या प्रयास

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

असोज २३
भारतिय नागरिक नेपाल प्रवेश गरेर सप्तरीमा नेपालीकै हत्या प्रयास गरेका छन् । नागरिक संजाल सप्तरीका अध्यक्ष सुखराम यादवको छोरा जयइन्द्र यादव को हत्या प्रयास भएको हो । सोमबार राति दुईजना भारतीय नागरिकले यादवको घाँटी थिचेका थिए । आत्मरक्षाको प्रयास गर्दा यादवलाई शरिरका विभिन्न भाग, टाउको र छातिलगायतका ठाउँमा रडले प्रहार गरिएको प्रहरीले जनाएको छ ।

घाइते यादवलाई अचेत अवस्थामा गाडीमा राखेर लैजाने क्रममा स्थानीयले भेट्टाएका थिए । घाइते यादवलाई राजविराजको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धरानको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ ।

कुटपीट गरी हत्या प्रयास गर्ने मध्ये एक जना भारतीय नागरिक पक्राउ परेका छन् । एकजना भने फरार भएका छन् । फरार रहेकाको खोजी भैरहेको प्रहरीले जनाएको छ । यादवको किन हत्या प्रयास गरियो भन्नेबारे केही खुलेको छैन ।

Facebook Comments
Show More

Related Articles