बिबिधशिक्षा-स्वास्थ्यसमाचारसमाज

डिस्कोभरी रोयल स्पोर्ट्सले दियो डेढ सयलाई प्राथमिक उपचार तालिम

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

दिनेश गिरी
बेलबारी २२ असोज /मोरङको बेलबारीमा आइतबार डिस्कोभरी रोयल स्पोर्ट्स एलएलसी दुवइ, डिस्कोभरी रोयल स्पोर्ट्स प्रालिले निशुल्क प्राथमिक उपचारको तालिम दिएको छ । तालिम बेलबारी कृषक दाना उद्योगको आयोजना एबम बेलबारी नगरपालिकाको सहकार्यमा भएको हो ।

तालिमको उद्घाटन गर्दै बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले विकासोन्मुख देशहरू प्राथमिक उपचार प्राथमिकताको सूचीमा नपर्ने गरेकोले सामान्य दुर्घटनामा पनि नेपालीले ज्यान गुमाउने गरेको बताउनु भयो । प्रमुख आतिथि समेत रहनु भएका सुवेदीले नगरपालिका यस्ता सामाजिक काममा सहकार्य गर्न जहिले सुकै तयार रहेको बताउनु भयो । सन्तोष प्रसाइंको अध्यक्षतामा भएको तालिममा नायक रमेश उप्रेती, हाँस्य कलाकार निर्मल शर्माले समेत बोल्नु भएको थियो ।

बेलबारी १ स्थित मदन मोहन पुष्परत्न सांस्कृतिक भवनमा भएको तालिममा करिब डेढसयको सहभागिता रहेको थियो । हालसम्म बिश्वभर अढाई लाख मानिसहरुलाई प्राथमिक उपचार तालिम दिइसकेको डिस्कोभरी रोयल स्पोर्ट्सका ओम उप्रेतीले तालिममा सहजीकरण गर्नु भएको थियो । तालिममा विद्यालयका स्वास्थ्य बिषयका शिक्षक शिक्षिका, सुरक्षाकर्मी, विद्यार्थी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि र ब्यक्तिहरुको उत्साहपुर्ण सहभागिता थियो । तालिममा सहजकर्ता रोयल डिस्कोभरी स्पोर्ट्सका प्रबन्ध निर्देशक ओम उप्रेतीले १५ वटा भैपरि आउने दुर्घटनामा कसरी प्राथमिक उपचार गर्ने भनेर तालिम दिनु भएको थियो । तालिममा सहभागीहरु निकै उत्साह र सक्रिय देखिन्थे । उप्रेतीले सैद्वान्तिक र प्रयोगात्मक बिधिबाट बेहोस भएको, हातखुट्टा भांचिएको, छारेरोग, सर्पको टोकाइ, बिष सेवन, करेन्ट लागेको, आगोले पोलेको, घाउ चोट भइ रगत बगेको र हर्ट एट्याक भएको जस्ता अबस्थामा गर्न सकिने प्राथमिक उपचारका बारेमा प्रष्ट्याउनु भएको थियो

Facebook Comments
Show More

Related Articles