समाचार

दशै नजिकिदा बेलबारीको पशुबजारमा व्यापार बढ्यो

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

असोज २२
पुर्वकै पुरानो र नाम कहलिएको बेलबारीको पशु बजारमा दशै नजिकिए सँगै व्यापार बढेको छ । बेलबारीमा सोमबार खसी–बोका र राँगा–भैंसीको व्यापार बढेको हो । दशैंमा मासुको खपत धेरै हुने भएकाले पशुबजारमा अन्य समयको भन्दा किनबेच बढ्ने गरेको छ ।
विशेष गरेर दशैँमा फुलपाती र अष्टमीको दिन पशु बध गर्ने गरिन्छ ।मासुका लागि खसी–बोका र राँगा–भैंसी धेरै चाहिने भएकाले दशै नजिकिदा व्यापार बढ्ने गरेको बेलबारी पशुबजार का ठेकेदार मनोज सुवेदीले जानकारी दिनुभयो । हरेक सोमबार बजार लाग्ने बेलबारीमा गत हप्ताहरुमा भन्दा आज झण्डै २५ प्रतिशतले व्यापार बढेको सुवेदीले जानकारी दिनुभयो । अन्य हप्ताहरुमा करिव १५ लाख रुपैयाँ बराबरका पशुहरु खरिदविक्रि हुने गरेकोमा आज २० लाख रुपैयाँ भन्दा धेरैको व्यपार भएको हो । आउने सोमबार पनि पशुको व्यापार राम्रै हुने अनुमान गरिएको । आउने सोमबार फुलपाती भन्दौ अघिल्लो दिन पर्ने पर्ने भएकाले यो सोमबार खसीबोका र राँगाभैसीको जोहो गर्न नभ्याएकाहरुको चहल पहल त्यस दिन हुने छ ।
किसानहरुले समेत पालेका पशुहरु दशैको मौका पारेर बजार ल्याउने भएकाले पनि व्यापार बढ्ने गरेको छ । दशैमा राम्रो दाम पाउने भएकाले आफुले केराबारीबाट २ घन्टा हिडाएर भैसी बेच्न ल्याएको किसान वेदप्रशाद खतिवडाले बताउनुभयो ।“अरुबेला भनेजस्तो दाम पाइदैन दुख गरेको मुल्य पाउन नि गाह्रो हुन्छ ।”खतिवडाले भन्नुभयो“दशैमा माग धेरै हुन्छ भनेजस्तो दाम पनि पाइन्छ ।” केही वर्षदेखि पशु व्यापार गर्दै आएका सुन्दर हरैँचा १ चन्द्र श्रेष्ठले पनि दशैको बेला पशुबजारमा झण्डै दोब्बर बढी पशुहरु विक्रिका लागि आउने गरेको दावी गर्नुहुन्छ ।“अरु बेला बजार नै खाली जस्तै देखिन्छ ।”श्रेष्ठ भन्नुहुन्छ“दशैको बेला २ वटा सोमबार चै बजार खचाखच नै हुन्छ ।” दशैकै लागि भनेर आफुले राँगाहरु अन्य समयको भन्दा धेरै संकलन गरेका श्रेष्ठको भनाई छ । बेलबारी नगरपालिका ३ स्थित भगवती उच्चमावि देखि दक्षिणमा लाग्ने पशु बजार यो क्षेत्रकै निकै पुरानो र नाम चलेको बजार हो ।

Facebook Comments
Show More

Related Articles