अन्तराष्ट्रीय

ब्राजिलको पहिलो चरणको राष्ट्रपतीय चुनावमा उग्र–दक्षिणपन्थी उम्मेदवार जइर बोल्सोनारु विजयी

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

असोज २२
उग्र–दक्षिणपन्थी उम्मेदवार जइर बोल्सोनारु ब्राजिलको पहिलो चरणको राष्ट्रपतीय चुनावमा विजयी भएका छन्।

अक्टोबर २८ मा हुने दोस्रो चरणको चुनावमा उनले बामपन्थी वर्कर्स पार्टीका उम्मेवार फर्नाडू अडाडको सामना गर्नेछन्। ।

जइर बोल्सोनारुले जितका लागि आवश्यक ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको चुनाव हुने भएको हो।

लगभग सबै मत गणना भइसक्दा बोल्सोनारुले ४७ प्रतिशत मत हासिल गरेका छन् भने अडाडले २८ प्रतिशत मत ल्याएको बीबीसीले जनाएको छ ।
जनमत सर्वेक्षणहरूले दोस्रो चरणको चुनावमा दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखाएका छन्।

साओ पाउलोका पूर्व नगर प्रमुख फर्नान्डू अडाडलाई पूर्व राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले समर्थन गरेका छन्।

Facebook Comments
Show More

Related Articles