समाचार

पेशागत सुरक्षाको माग गर्दै राहत शिक्षक राजधानी केन्द्रित आन्दोलनमा

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

असोज २१
राहत शिक्षकहरुले राजधानीमा प्रदर्शन गरेका छन्। पेशागत सुरक्षाको माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन्। सामुदायिक विद्यालयमा आफूहरु लामो समयदेखि कार्यरत रहेकाले प्रक्रिया र्पुयाएर स्थायी गर्नु पर्ने शिक्षकहरुको माग छ।
नेपाल राहत शिक्षक केन्द्रीय समितिले आफूहरुलाई स्थायी सेवामा लग्नुपर्ने माग विगतदेखि नै सरकारसँग राख्दै आएको समितिका बेलबारी नगर समितिका अध्यक्ष लिलाप्रसाद आचार्यले बताए। उनले भने । 
केन्द्रीय आन्दोलन परिचालन समितिको अगुवाईमा माइतीघरबाट सुरु भएर्को याली नयाँ बानेश्वर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । उक्त दबार्ब यालीमा सहभागीले राहत शिक्षकको इच्छा, गुणस्तरीय शिक्षालगायत नारा लगाएका थिए । शिक्षकहरु विद्यालयको पढाई छाडेर पोसाकसहित सहभागी थिए ।
सशस्त्र द्वन्दका समयमा सरकारले दरबन्दीका शिक्षक अपुग भएका विद्यालयमा राहत शिक्षकको व्यवस्था गरेको थियो। देशभरका सामुदायिक विद्यालयमा ४० देखि ४२ हजार राहत शिक्षक कार्यरत रहेको आचार्यको दाबी छ ।आन्दोलनमा सहभागी हुन बेलबारीका राहत शिक्षकहरु पनि एकत्रित भएर काठमाण्डौ गएका थिए ।

Facebook Comments
Show More

Related Articles