अर्थबिबिधसमाचारसमाज

बेलबारी बहुदेश्यीयको शुद्ध बचत २ लाख ८० हजार ६२ रुपियाँ

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

बेलबारी २० असोज । बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले सहकारीहरूले उदेश्य अनुरुप काम गर्नु पर्ने बताउनु भएको छ । शनिबार मोरङको बेलबारीमा बेलबारी बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।
नगर प्रमुख सुवेदीले सहकारी संस्था ग्रामीण अर्थतन्त्रको मेरुदण्ड भएकोले समूदायमा आधारित भएर काम गर्न सक्दा आर्थिक समृद्धि सम्भव हुने बताउनु भयो । उहाँले सहकारी र स्थानीय सरकार बीच समन्वय हुनु पर्नेमा जोड दिँदै सहकारीले कृषि उद्योगमा लगानी बढाउनु पर्ने बताउनु भयो । स्थानीय सरकार एक्लैले मात्र केही गर्न नसक्ने उल्लेख गर्दै उहाँले सहकारीहरू पनि उदेश्य अनुरुप सञ्चालन हुनु पर्नेमा जोड दिनु भयो ।
स्थानीय मदनमोहन आश्रित पुष्परत्न सांस्कृतिक भवनमा भएको १७ औं वार्षिक साधारण सभामा बोल्दै बचत तथा ऋण सहकारी संघ मोरङका अध्यक्ष हरिप्रसाद सुवेदीले सहकारीहरूले कम्तीमा ५ वर्षको कार्यक्रम बनाएर अघि बढ्नु पर्ने बताउनु भयो । बचत तथा ऋणको कारोवार गरेर मात्र सहकारी संस्था बहुदेश्यीय नहुने उल्लेख गर्दै सुवेदीले बहुदेश्यीय सहकारीहरूले कृषि उत्पादन वृद्धिमा सरकारी निकाय सँग मिलेर काम गर्नु पर्ने बताउनु भयो ।
संस्थाका अध्यक्ष प्रतापकुमार थापाको सभापतित्वमा भएको साधारण सभामा संस्थाका उपाध्यक्ष शिबप्रसाद बरालले स्वागत भाषण गर्नु भएको थियो । सचिव नन्दराज गिरीले आव ०७५/०७६ का लागि प्रस्तावित कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । कुल ४९१ जना शेयर सदस्य रहेको संस्थामा ८२ लाख ८७ हजार ९२० रुपियाँ शेयर पुँजी रहेको छ । यस्तै संस्थामा ३ करोड १ लाख ३३ हजार १७९रुपियाँ कूल निक्षेप रहेको छ भने गत आवमा संस्थाले ३ करोड २१ लाख ६९ हजार ६३२ रुपियाँ ऋण असुुली गरेको छ । संस्थाले गत आवमा कुल ३ करोड ३२ लाख २८ हजार रुपियाँ ऋण लगानी गरेको थियो । संस्थाले गत आवमा २ लाख ८० हजार ६२ रुपियाँ शुद्ध बचत गरेको छ ।शुद्ध बचत अघिल्लो आवको भन्दा ५५ हजार रुपियाँ बढी हो ।

Facebook Comments
Show More

Related Articles