nirantarkhabarखेलकुदबिबिधसमाचारसमाज

पथरी भेट्रान फाइनल प्रवेश

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

अनिल बराल, बेलबारी ।
मोरङको बेलबारी २ मा जारी लालभित्ती ढल्केजोवन खसी कप प्रतियोगिताको सनिबारको खेलमा पथरी भेट्रान क्लबले फाइनलमा स्थान पक्का गरेको छ । पहिलो सेमिफाइन खेलमा आयोजक लालभित्ती भेट्रान क्लबलाई ३ का बिरुद्ध ५ गोल गर्दै पथरी भेट्रानले फाइनलमा स्थान बनाएको हो ।

खेलको पहिलो हाफमा आयोजक २–० गोलले अघि भए पनि दोश्रो हाफमा पथरी भेट्रानले ५ गोल गर्न सफल भयो । आयोजकका सन्तोस चौधरी ले १७ र २१ औ मिनेटम २ गोल गरी पहिलो हाफमा आयोजक २–० गोलले अघि भए पनि दोस्रो हाफको ३१, ६० र ६१ औं मिनेटमा पथरीका संजोग राइले ३ गोल गर्दै ह्यट्रिक पुरा गरे भने ३३ औं मिनेटमा सुमन राई र ३८ औं मिनेटमा देवराज गुरुङले गोल गर्दै पथरीलाई फाइनलमा पु¥याए । दोस्रो हाफको ३४ औं मिनेटमा आयोजकका कमल धिमालले १ गोल गरेपनि आयोजकले नतिजा पथरीलाई सुम्पियो ।

महान चाड वडादशैको अवसरमा नरेन्द्र स्मृति युवा क्लब बेलबारी २ ले आयोजना गरेको प्रतियोगितामा उत्तरी मोरङका ८ वटा भेट्रान टिमहरुको सहभागिता रहेको छ ।
प्रतियोगिताको बिजेताले ३० केजीको खसी, दोस्रोले १५ केजीको खसी र तेस्रो हुने टिमले १५ केजी कुखुरा पुरस्कार पाउने संयोजक टंक लिम्बुले जानकारी दिए । प्रतियोगितामा म्यान अफ द म्याचले लोकल भाले पाउनेछ भने प्रत्येक सहभागी टिमहरुलाई प्रमाणपत्र उपलब्ध गराउने पनि संयोजक लिम्बुले बताए ।

असोज १६ गते उद्घाटन भएको प्रतियोगिता २३ गते फाइनल खेलसँगै समाप्त हुनेछ । आइतबारको दोस्रो सेमिफाइनल खेल एभरेष्ट भेट्रान भाउन्ने र बेतना भेट्रान बेलबारी बिच हुने सचिव राजु परियारले जानकारी दिए ।

Facebook Comments
Show More

Related Articles