nirantarkhabarबिबिधसमाचारसमाज

हिमालय बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

अनिल बराल, बेलबारी ।
हिमालय बचत तथा ऋण सहकारी संस्था लिमिटेड केराबारी–९, देबीझोडा, मोरङले २३ औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बुद्ध माद्यमिक बिद्यालय देबीझोडाको प्राङ्गणमा सहकारीले आफ्नो साधारणसभा सम्पन्न गरेको हो ।
सहकारीका अध्यक्ष खगेन्द्र प्रसाद सुवेदीको सभापतित्व र केराबारी गाउपालिका अध्यक्ष रोहित कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बिशिष्ट अतिथिका रुपमा जिल्ला बचत तथा सहकारी संघ मोरङ सदस्य टिका भटराई रहेका थिए ।
कार्यक्रममा सहकारीका अध्यक्ष सुवेदीले संस्थाको आगामी आ.व.२०७५÷०७६को प्रस्तावित कार्ययोजना प्रस्तुत गरेका थिए भने आ.व.२०७४÷०७५ को कार्य प्रगति प्रतिवेदन सन्चालक समिति सचिव शिवप्रसाद लामिछानेले प्रस्तुत गरेका थिए । आ.व.२०७४÷०७५ को आर्थिक प्रतिवेदन सन्चालक समितिको तर्फबाट कोषाध्यक्ष लक्ष्मीप्रसाद सुवेदीले प्रस्तुत गरेका थिए त्यस्तै आ.व.२०७४÷०७५ को वार्षिक लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा संयोजक तीर्थ प्रसाद बरालले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सहकारीका ७० बर्षभन्दा माथिका जेष्ठ शेयर सदस्य १३ जनालाई कदरपत्रले सम्मान गरिएको थियो ।

सहकारीले साधारणसभाको अवसरमा रक्तदानको पनि आयोजना गरेको थियो । रक्तदान कार्यक्रमबाट महिला १६ र पुरुष ४२ गरि जम्मा ५८ पिन्ट ब्लड संकलन भएको लेखा संयोजक तीर्थ प्रसाद बराले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी धरान शाखाले रक्तदान कार्यक्रममा प्राविधिक सहयोग गरेको थियो ।
९८३ जना शेयर सदस्य संख्या रहेको सहकारीको २०५३ सालमा स्थापना भएको हो ।

Facebook Comments
Show More

Related Articles