nirantarkhabarबिबिधसमाचारसमाज

लालभित्तीमा ४० पिन्ट ब्लड संकलन

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

अनिल बराल, बेलबारी ।
मोरङको बेलबारी २ मा संपन्न रक्तदान कार्यक्रम बाट ४० पिन्ट ब्लड संकलन भएको छ । लालभित्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको रक्तदान कार्यक्रममा उक्त परिमाण बराबरको ब्लड संकलन भएको हो ।

सुक्रबार बेलबारी २ लालभित्ती चौकमा संपन्न कार्यक्रममा ११ जना महिला र २९ जना पुरुषले रक्तदान गरेका थिए । सहकारीले आफ्नो साधारणसभाको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
उक्त सहकारीले १२ औ साधारणसभा सनिबार संपन्न गर्दैछ । नेपाल रेडक्रस सोसाइटी धरान शाखाले रक्तदान कार्यक्रममा प्राविधिक सहयोग गरेको सहकारीका सचिव राजु परियारले जानकारी दिए ।

Facebook Comments
Show More

Related Articles