nirantarkhabarखेलकुदबिबिधसमाचारसमाज

लालभित्ती भेट्रान सेमिफाइनलमा

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

अनिल बराल, बेलबारी ।
मोरङको बेलबारी २ मा जारी लालभित्ती ढल्केजोवन खसी कप प्रतियोगिताको बिहिबारको खेलमा लालभित्ती भेट्रान टिम आयोजक बिजयी भएको छ । खेलमा खदम केराबारी भेट्रानलाई ० का बिरुद्ध ३ गोल गर्दै आयोजकले सेमिफाइनलमा स्थान बनाएको हो ।

खेलको १० र १४ औ मिनेटमा गरि आयोजकका सुरज चौधरीले २ गोल गरेका थिए भने ४१ औ मिनेटमा केराबारीले १ गोल उपहार दिएको थियो । यसअघि भएका खेलमा पथरी भेट्रान र एभरेष्ट भेट्रानले सेमिफाइनलमा स्थान बनाइसकेका छन ।
महान चाड वडादशैको अवसरमा नरेन्द्र स्मृति युवा क्लब बेलबारी २ ले आयोजना गरेको प्रतियोगितामा उत्तरी मोरङका ८ वटा भेट्रान टिमहरुको सहभागिता रहेको छ । सहभागि टिमहरुमा किस्ती भेट्रान खोर्साने, पथरी भेट्रान, किर्तिमान भेट्रान लेटाङ, एभरेष्ट भेट्रान भाउन्ने, कोशिहरैचा भेट्रान बिराटचौक, उर्लाबारी भेट्रान, बेतना भेट्रान बेलबारी र आयोजक रहेका छन ।
प्रतियोगिताको बिजेताले ३० केजीको खसी, दोस्रोले १५ केजीको खसी र तेस्रो हुने टिमले १५ केजी कुखुरा पुरस्कार पाउने संयोजक टंक लिम्बुले जानकारी दिए । प्रतियोगितामा म्यान अफ द म्याचले लोकल भाले पाउनेछ भने प्रत्येक सहभागी टिमहरुलाई प्रमाणपत्र उपलब्ध गराउने पनि संयोजक लिम्बुले बताए ।
असोज १६ गते उद्घाटन भएको प्रतियोगिता २३ गते फाइनल खेलसँगै समाप्त हुनेछ । शुक्रबारको खेल उर्लाबारी भेट्रान क्लब र बेतना भेट्रान बेलबारी बिच हुने सचिव राजु परियारले जानकारी दिए ।

Facebook Comments
Show More

Related Articles