बिबिधशिक्षा-स्वास्थ्यसमाचारसमाज

सरस्वती स्कुलमा ८ जना शिक्षक,कर्मचारी ५० जना विद्यार्थी

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

हरि कोइराला
पथरीशनिश्चरे(मोरङ) १८ असोज । कुनै समय चार सय बढी विद्यार्थी अध्ययन गर्ने मोरङको पथरीशनिश्चरे २ को सरस्वती आधारभूत विद्यालयमा हाल ५० जना विद्यार्थी छन् । २५ जना विद्यार्थी मात्र भर्ना भएपछि स्थानीय जनप्रतिनिधि गाउँगाउँ पुगेर विद्यार्थी भर्ना गरेपछि बल्ल विद्यार्थीको संख्या ५० पुगेको हो ।


विद्यालयले बालविकाश कक्षा देखि कक्षा ५ सम्म अंग्रेजी माध्ययबाट पठन पाठन गराउँदै आएको छ । तर पनि विद्यार्थीको आकर्षण नभएपछि यतिबेला जनप्रतिनिधि र बाल क्लवहरू विद्यायलको शैक्षिक सुधार अभियानमा लागेका छन् ।
गुणस्तरीय शिक्षा प्रदान गरि शिक्षामा सुधार गर्ने उदेश्यले स्थानीय नव ज्योति वाल क्लवले वालविकास कक्षा सञ्चालन गर्न नगद २० हजार रुपियाँ सहयोग गरेको छ । बाल बालिकाको क्लवले सहयोग गरेपछि सोही वडाका वडासदस्य पर्शुराम न्यौपानेले १२ ओटा बैठक भत्ता वापतको १० हजार रुपियाँ विद्यालयलाई प्रदान गर्नु भएको छ । उक्त रकमले बालकक्षामा ३० हजार मुल्यको एक थान टेलिभिजन खरिद गरिएको छ । ।

गुणस्तरीय शिक्षा प्रदान गरि शिक्षामा सुधार गर्ने उदेश्यले वडाको पहलमा चौतारी सामुदायिक वनको सहकार्यमा एक शिक्षिका समेत राखिएको वडाध्यक्ष यामप्रसाद गुरागाईले बताउनु भयो ।
बिद्यालयमा ४ जना शिक्षकको दरबन्दी भए पनि भवनको संरचना, शैक्षिक सामग्रीको अभाव र अंग्रेजी सिक्ने मोहले बिद्यार्थी संख्या घटेको शिक्षक नेत्र प्रसाद खतिवडाले बताउनु भयो ।
बिद्यालय बन्द हुने अवस्था आएपछि नजिकै रहेको बाल शिक्षालाई सोही बिद्यालयमा मर्ज गरि विद्यालय सञ्चालन गर्न थालिएको हो ।हाल बिद्यालयमा ६ जना शिक्षक शिक्षिका र १ जना कार्यलय सहयोगी रहेका छन् ।

Facebook Comments
Show More

Related Articles