बिबिधसमाचारसमाज

अन्तर्राष्ट्रिय क्षेत्रमा पनि राम्रो काम भएको छ – प्रधानमन्त्री ओली

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

काठमाडौं १८ असोज । प्रधानमन्त्री केपी ओलीले सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत उल्लेख्य काम गरेको बताउनु भएको छ ।

‘भ्रमणबाट अन्य राष्ट्रसँग पनि सम्बन्ध राम्रो भएको छ’ उहाँले भन्नुभयो, ‘अब दुई छिमेकी मात्र होइन, अन्य मुलुक पनि कुटुम्ब भएका छन् ।’

प्रधानमन्त्री ओलीले कम्युनिष्टको बहुमतको सरकार बनेपछि मुलुक समृद्ध भएको देख्न नचाहनेहरु सल्बलाएको बताउनु भयो । ‘केहीलाई अहिलेको सरकार ढाल्न पाए हुन्थ्यो भन्ने लागेको होला’ उहाँले भन्नुभयो, ‘यो सरकार ५ वर्ष टिक्छ। मुलुक समृद्ध पार्छ । ५ वर्षपछि यही सरकारले चुनाव गराउँछ । त्यति मात्र होइन । त्यसपछि अहिलेको भन्दा झन् बढी सिट ल्याएर कम्युनिष्टकै सरकार बन्छ । मुलुकमा अब सधै कम्युनिष्ट सरकार हुन्छ ।’

प्रधानमन्त्री ओलीले कम्युनिष्ट विरोधीहरुले सानातिना समस्या तिललाई पहाड बनाइरहेको बताउनु भयो ।

‘एमाले र माओवादी केन्द्रबीच एकता हुन लाग्दा केही शक्ति शुरुदेखि नै एकता भाड्न लागेका थिए’ उहाँले भन्नुभयो, ‘शुरुमा तालमेल नै हुँदैन भन्ने कुरा आएको थियो । तालमेल भए पछि फेरि चुनावी तालमेल भयो तर एकीकरण हुँदैन भन्ने कुरा आएको थियो । त्यो पनि टुंगियो । उनीहरुले अहिले फेरि केन्द्रमा एकता भए पनि तल्लो तहसम्म हुँदैन भनिरहेका छन् । उनीहरुले त्यसो भनिरहँदा रहँदै तल्लो तहसम्मको एकता टुंगिन्छ ।

परराष्टमन्त्री प्रदिप ज्ञवालीले भ्रमणको उपलब्धी बारे विस्तृत जानकारी दिनुभएको थियो ।

Facebook Comments
Show More

Related Articles