बिबिधसमाचारसमाज

गृह मन्त्री र प्रहरी महानिरीक्षकको राजीनामा माग

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

निरन्तर खबर डेक्स
बेलबारी (मोरङ) १८ असोज । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना बितिसक्दा पनि वास्तविक हत्याराको पहिचान गर्न नसकेको भन्दै बिहीबार सिंहदरबार अगाडि प्रदर्शन भएको छ ।

सरकारले राखेको निषेधाज्ञा तोड्दै प्लेकार्ड र ब्यानरसहित केही युवायुवतीले पन्तको वास्तविक हत्यारा पत्ता लगाउन माग गरेका छन् । उनीहरूले सिंहदरबारको दक्षिणीगेट अगाडि केहीबेर घर्ना समेत दिएका थिए ।

धर्नामा बसेकाहरूले गृहमन्त्री रामबहादुर थापा बादल र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा समेत मागेका थिए ।

Facebook Comments
Show More

Related Articles