अर्थकृषिबिबिधसमाचारसमाज

दशैंको मुखमा चिनीको मूल्य आकाशियो

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

निरन्तर खबर डेक्स
बेलबारी १८ असोज । दैनिक उपभोग्य सामग्रीमा विचौलियाको विगविगी यथावत् छ । सरकार विचौलिया सँग कमिसन खाइरहेको छ । निरीह उपभोक्ता चुपचाप तोकिएको मुल्य भन्दा १२ रुपियाँ बढी तिरेर चिनी किनेर खाइरहेका छन् । सरकार र चिनी उद्योगीबीच मूल्य ६३ रुपैयाँ प्रतिकिलोमा चिनी विक्रि गर्ने सहमति भएको थियो । तर, चिनीको मूल्य आकासिदाँ समेत सरोकारवाला निकाय मौन छ ।

नेपाली चिनी उद्योगीले मुल्य अभिवृद्धि कर भ्याट सहित चिनी प्रतिकेजी ६४ रुपैयाँ ९७ पैसामा होलसेल पसलमा विक्री गरेका छन् । बजारमा आइपुग्दा ७५ देखि ८० रुपैयाँ जान्छ । आर्थिक वर्ष २०७३÷७४ मा सरकार, चिनी उद्योगी र उखु किसान बीच भ्याट सहित ६३ रुपैयाँ प्रति केजीमा विक्री गर्ने सहमति भएको थियो । तर अहिले उद्योगीले प्रतिकेजी ७२ रुपैयाँमा बेच्नुपर्ने चिनी ७ रुपैयाँ घाटामा बेच्न बाध्य रहेको बताउने गरेका छन् ।

चिनी उद्योगीको मनोमानीमा सरकार मौन हुनुले प्रभावमा परेको कतिपयको आरोप छ । सरकार, चिनी उत्पादक संघ र उखु उत्पादक महासंघबीच पनि ६३ रुपैयाँ प्रति केजीमा विक्रि गर्ने सहमति भएको थियो ।

आयात हुने चिनी ६३ रुपैयाँ भन्दा पनि कम पर्ने भएपछि सरकारले परिमाणात्मक बन्देज लगायो । जसका कारण चिनीमा व्यापारीले कालोवजारी सुरु गरेको उखु उत्पादकको आरोप छ । उनीहरुले सरकार उद्योगी तथा व्यापारीको प्रभावमा परेको समेत अरोप लगाउने गरेका छन् ।

चिनीको कृत्रिम अभाव हुँदा समेत सरकारले कुनैपनि अनुगमन गरेको छैन् । उखु उत्पादक महासंघले झैं उपभोक्ताकर्मीहरु पनि सरकार र उद्योगी तथा व्यापारीबीचको मिलेमतो देख्छन् ।

एउटा उपभोक्ताले अहिले प्रतिकिलो ७५ देखि ८० रुपैयाँसम्म रकममा चिनी खरिद गर्नुपर्ने बाध्यता छ । उखु किसानसंग उखुको मूल्य निर्धारण गर्दा नै चिनी उद्योगको उत्पादन लागत र विक्री मूल्य निर्धारण गरिएको हुन्छ । अभाव सृजना गरेर महँगो मूल्यमा चिनी विक्रि हुँदा समेत सरकारको मौनताले कालोबजारीलाई प्रश्रय दिएको आशंकालाई बल पु¥याएको छ ।

Facebook Comments
Show More

Related Articles