बिबिधसमाचारसमाज

२१ लाख मूल्यको जग्गादान ,डाक्टर शर्मा र पराजुलीलाई सम्मान

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

कानेपोखरी (मोरङ) १७ असोज ।मोरङको कानेपोखरी–६ रमाइलो बस्ने तेजप्रसाद पराजुलीले वृद्ध–वृद्धा सत्संगालय निर्माणका लागि २१ लाख रुपियाँ मूल्य पर्ने साडे १५ धुर जग्गा निशुल्क प्रदान गर्नु भएको छ ।
दानवीर पराजुलीले जग्गादानको घोषणा गरेसँगै नोवेल शिक्षण अस्पतालका सञ्चालक डाक्टर सूनील शर्माले भवन निर्माणका लागि १ लाख ११ हजार १ सय ११ रुपियाँ प्रदान गर्ने घोषणा गर्नु भएको छ । ज्येष्ठ नागरिक दिवसका अबसरमा मोरङको रमाइलो स्थित हाट खोलामा सोमबार भएको कार्यक्रममा पराजुलीले जग्गा र शर्माले नगद दिने घोषणा गर्नु भएको हो ।
वृद्ध–वृद्धा सत्संगालय रमाइलोले आयोजना गरेको कार्यक्रममा ९० वर्ष माथिका १३ जना वृद्ध–वृद्धालाई सम्मान र फलफूल वितरण गरिएको थियो । सोही अवसरमा जग्गादाता पराजुली र नगद दिएर सहयोग गर्ने डाक्टर सूनील शर्मालाई वृद्ध–वृद्धाहरूको तर्फबाट सम्मान गरिएको थियो ।
उपेन्द्र कार्कीको सभापतित्वमा भएको सम्मान कार्यक्रममा वडाध्यक्ष खड्गबहादुर बस्नेत र स्थानीय दानबहादुर बस्नेतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको कार्यक्रम आयोजक समितिका सदस्य सुमन अधिकारीले बताउनु भयो ।

Facebook Comments
Show More

Related Articles