अर्थबिबिधसमाचारसमाज

सवारी कारवाहीबाट १ करोड ३४ लाख राजश्व

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

हरि कोइराला
उर्लाबारी, १७ असोज । मोरङको इलाका ट्राफिक प्रहरी कार्यालय पथरीले आर्थिक वर्ष २०७४/०७५मा २३ हजार ८ सय सवारी साधनलाई कारवाही गरी १ करोड ३४ लाख ७४ हजार ६ सय राजश्व संकलन गरेको छ । जसमा ट्रक ४ हजार ३ सय ३८ वटाबाट २५ लाख ८८ हजार , वस २ हजार वटाबाट १० लाख ९९ हजार रुपियाँ, ७ हजार ४ सय १० वटा जिपकारबाट ३८ लाख ६७ हजार रुपियाँ राजश्व संकलन भएको छ । यस्तै २ हजार ८ सय ९५ वटा ट्याक्टरबाट १५ लाख ९० हजार ५ सय रुपियाँ, ६ हजार ६ सय ६८ वटा मोटरसाईकलबाट ४० लाख ५७ हजार ५ सय रुपियाँ र ४ सय ९९ वटा अन्य सवारी साधनबाट २ लाख ७२ हजार ५ सय गरी १ करोड ३४ लाख ७४ हजार ६ सय राजस्व संकलन भएको हो । गत आवमा कुल २३ हजार ८ सय गरी जम्मा २३ हजार ८ सय सवारी साधनलाई जरिवाना गरिएको छ ।
यसै गत आवमा मापसे चेकिङबाट २१८ जना कारवाहिमा परेका छन भने उनीहरुबाट २ लाख १८ हजार रुपियाँ जरिवाना संकलन भएको छ । आर्थिक वर्ष २०७४/०७५ मा पथरी ट्राफिक प्रहरीको कार्यक्षेत्रमा ४७१ वटा सवारीसाधन दुर्घटनामा परेका छन् । दुर्घटनामा ट्रक ३१, जिपकार ६४, मोटरसाईकल २४६ र अन्य १३ वटा रहेका थिए यस्तै,दुर्घटनाबाट मृत्यु हुनेको संख्या जम्मा ६४ रहेको छ । जसमा पुरुष ५५ जना, महिला ६ जना, बालक १ जना र बालिका २ जना रहेका थिए ।

Facebook Comments
Show More

Related Articles