nirantarkhabarखेलकुदसमाचारसमाज

एभरेष्ट भेट्रान बिजयी

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

अनिल बराल, बेलबारी ।
मोरङको बेलबारी २ मा जारी लालभित्ती ढल्केजोवन खसी कप प्रतियोगिताको बुधबारको खेलमा एभरेष्ट भेट्रान क्लब भाउन्ने बिजयी भएको छ ।

खेलमा कोशिहरैचा भेट्रान क्लब बिराटचौकलाई टाइवेकरमा पाखा लगाउदै एभरेष्ट भेट्रानले सेमिफाइनलमा स्थान बनाएको हो ।
खेलको निर्धारित ६० मिनेटमा पनि दुवैतर्फबाट कुनै गोल नभएपछि पेनाल्टी सुटआउटबाट निर्णय लिइएको थियो । पेनाल्टी सुटमा एभरेष्ट भेट्रानले ४ गोल गरेको थियो भने कोशिहरैचा भेट्रानले २ गोल गरेको थियो । यसअघि मंगलबार भएको उद्घाटन खेलमा बिजयी हुदै पथरी भेट्रानले सेमिफाइनलमा स्थान बनाइसकेको छ ।
नरेन्द्र स्मृति युवा क्लब बेलबारी २ को आयोजनामा महान चाड वडादशैको अवसरमा असोज १६ गते प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगितामा उत्तरी मोरङका ८ वटा भेट्रान टिमहरुको सहभागिता रहेको छ । सहभागि टिमहरुमा किस्ती भेट्रान खोर्साने, पथरी भेट्रान, किर्तिमान भेट्रान लेटाङ, एभरेष्ट भेट्रान भाउन्ने, कोशिहरैचा भेट्रान बिराटचौक, उर्लाबारी भेट्रान, बेतना भेट्रान बेलबारी र आयोजक रहेका छन ।
प्रतियोगिताको बिजेताले ३० केजीको खसी, दोस्रोले १५ केजीको खसी र तेस्रो हुने टिमले १५ केजी कुखुरा पुरस्कार पाउने संयोजक टंक लिम्बुले जानकारी दिए । प्रतियोगितामा म्यान अफ द म्याचले लोकल भाले पाउनेछ भने प्रत्येक सहभागी टिमहरुलाई प्रमाणपत्र उपलब्ध गराउने पनि संयोजक लिम्बुले बताए ।
असोज १६ गते उद्घाटन भएको प्रतियोगिता २३ गते फाइनल खेलसँगै समाप्त हुनेछ । बिहिबारको खेल किर्तिमान भेट्रान लेटाङ र आयोजक बिच हुने सचिव राजु परियारले जानकारी दिए ।

Facebook Comments
Show More

Related Articles