अर्थबिबिधसमाचारसमाज

घाटा बढेको भन्दै इन्धनको मुल्य बढाउँदै सरकार

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

काठमाडौं १६ असोज ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मासिक घाटा बढेर एक अर्ब २९ करोड पुग्ने तथ्य सार्वजनिक गरेको छ । निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारण निगमको मासिक घाटा बढेको हो ।

भारतीय आयल कर्पोरेशनले आज पठाएको पछिल्लो मूल्यसूचीका आधारमा पछिल्लो १५ दिनमा मात्रै ६४ करोड ५७ लाख घाटा भएको छ । उनका अनुसार पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ ४५ पैसा, डिजलमा चार रुपैयाँ ४३ पैसा खाना पकाउने एलपिजी ग्यासमा प्रतिसिलिण्डर ४०४ रुपैयाँ ७३ पैसा घाटा रहेको छ । नेपाल–भारत सीमा क्षेत्रमा नेपालतर्फ पेट्रोल प्रतिलिटर ३१ रुपैयाँ ७५ पैसा र डिजल ३० रुपैयाँ १६ पैसा सस्तो रहेको छ ।

यसरी दशैँको संघारमा तेलमा अर्बौंको घाटा देखाएर नेपाल आयल निगमले फेरि मूल्य बढाउने चलखेल गरेको उपभोक्तावादी अभियन्ताहरुले आरोप लगाएका छन् । उपभोग्य सामग्रीमा वृद्धि भएको मूल्यको कारण पीडा झेलिरहेका आमनेपालीले आयल निगमको कारण थप महँगीको मार झेल्नुपर्ने अवस्था सन्निकट भएको उनीहरुको पूर्वानुमान छ ।

Facebook Comments
Show More

Related Articles